मैवाखोलामा दलित शसक्तीकरणका लागि वडा स्तरीय दलित समुह गठन तथा सुझाव संकलन कार्यक्रम सुरु




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाँपालिकामा दलित शसक्तीकरणका लागि अक्षय कोष सञ्चालनको लागि वडा स्तरीय दलित समुह गठन तथा सुझाव संकलन कार्यक्रम सुरु भएको छ । शुक्रबार वडा नं. १ बाट सुरु भएको वडा स्तरीय दलित समुह गठन तथा सुझाव संकलन कार्यक्रम शनिबार वडा नं. २ मा सम्पन्न भएको छ ।


सुझाव संकलन पछि उक्त अक्षय कोषबाट दलित लक्षित सिपमुलक एवं चेतनामूलक कार्यक्रम जेहेन्दार विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न सहयोग, निरक्षर व्यक्तिहरूको तथ्याङ्क संकलन गरी साक्षर बनाउने कार्य गरिने पालिकाले जनाएको छ ।
त्यस्तै दलित समुदायको परम्परागत सीप र संस्कृतिको जगेर्ना, विपन्न दलित समुदायलाई आवास, खानेपानी, चर्पी, गोठ सुधार लगायत पूर्वाधार निर्माणमा सहयोग, दलित समुदायलाई आर्थिक रुपमा जीवनस्तर उकास्ने खालका स्वरोजगार सम्बन्धी कार्यक्रम, सञ्चालन गरिनेछ । वडा स्तरीय समुह गठन तथा सुझाव संकलन कार्यक्रम ६ वटै वडा सञ्चालन गरिनेछ ।


गत आर्थिक वर्षमा गाउँपालिकाले अध्यक्ष कोषमा १० लाख रुपियाँ बजेट विनियोजन गरेको थियो भने चालू आवमा पनि १० लाख रुपियाँ नै बजेट विनियोजन गरेको छ । दलित समुदायकै माग र सुझाव समेतका आधारमा कोषको बजेट सञ्चालन गरिने पालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 6:41 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम