पोखरा र भैरहवा विमानस्थलबारे आफ्नो हस्ताक्षरमा निर्णय भएको प्रमाण देखाउन योगेश भट्टराईको चुनौती 



ताप्लेजुङ । नेकपा (एमाले)का सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले पोखरा र भैरहवा विमानस्थलमा आफूले गरेको हस्ताक्षरले राज्यलाई भएको नोक्सानीको प्रमाण देखाउन चुनौती दिनुभएको छ । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहनुभएका उहाँले सोमबार सामाजिक सञ्जालमार्फत प्रमाण देखाउन चुनौती दिनुभएको हो । 

उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘म २०७६ साउन १५ गतेदेखि २०७७ पुस ५ गतेसम्म संस्कृति, पर्यटन तथा नागरिक मन्त्रीको जिम्मेवारीमा रहेको हो,’ उहाँले थप्नुभएको छ, ‘उक्त समयमा पोखरा र भैरहवा विमानस्थल बारेमा मेरो हस्ताक्षरमा कुनै निर्णयले राज्यलाई कुनै नोक्सानी भएको भए प्रमाण सहित सार्वजनिक गर्न मेराविरुद्ध प्रायोजित समाचार उत्पादन गर्ने कारखानालाई चुनौती छ।’

उहाँले आफूमाथि औंला उठाउनेहरू नै यसमा पर्ने बताउनुभएको छ । उहाँ लेख्नुहुन्छ, ‘मलाई औंला उठाउनेहरू नै पर्नेवाला छन्, डकुमेन्ट मसँग छ । आवश्यक परे सार्वजनिक गरौंला,’ उहाँले भन्नुभएको छ । 

प्रकाशित मिति : 7:44 pm

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले

ताप्लेजुङमा काँग्रेसबाट गजेन्द्र प्रसाद तुम्याहाङको उम्मेदवारी पक्का

रेडियो काबेलीताप्लेजुङ । आगामी फाल्गुन २१ गते हुने प्रतिनीधिसभा निर्वाचनका

प्रथम माघेमेला गोल्ड कप : उपाधिका लागि आयोजक र लालीगुँरास भिड्दै

ताप्लेजुङ, माघ ५ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम