फक्ताङलुङ गाउँपालिकाको सङसाबुमा बर्थिङ सेन्टर स्थापना



ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका स्थित इखाबुमा बर्थिङ सेन्टर स्थापना भएको छ । गाउँपालिकाको वडा नम्बर चार इखाबुको सामुदायिक स्वास्थ्य इकाई सङसाबुमा बर्थिङ सेन्टर स्थापना भएको हो ।

बर्थिङ सेन्टरको फक्ताङलुङ गाउँपालिका वडा नम्बर चार इखाबुका वडाध्यक्ष महेश लाबुङ लिम्बू र स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख कुलबहादुर पौडेलले संयुक्त रुपमा उद्‌घाटन गर्नु भएको छ ।

बर्थिङ सेन्टर सञ्चालनमा आएसंगै गर्भवति महिलाहरूले गर्भ जाँच गर्न र सुत्केरी हुनका लागि इखाबु तथा तापेथोक जानुपर्ने बाध्यता हट्ने फक्ताङलुङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईले बताउनुभयो ।

फक्ताङलुङ गाउँपालिकामा एक आधारभूत अस्पताल, ७ वटा स्वास्थ्य चौकी, १६ वटा सामुदायिक स्वास्थ्य इकाई र ७ वटा बर्थिङ सेन्टरमार्फत स्वास्थ्य सेवा प्रवाह हुन थालेको छ ।

यस अघि फक्ताङलुङ गाउँपालिकाको सहकार्य र स्वास्थ्य कार्यालय ताप्लेजुङ सँगको समन्वयमा एक्सन फर नेपालले बर्थिङ सेन्टरका लागि आवश्यक पर्ने सामग्री तथा त्यहाँ कार्यरत कर्मचारीलाई तालिम समेत प्रदान गरेको छ ।

प्रकाशित मिति : 6:41 pm

थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कपको दोस्रो संस्करण सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा दोस्रो

ताप्लेजुङका १८ उद्यमीलाई उद्यमशीलता विकास तालिम 

साहारा लिम्बूताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङमा उद्यमशीलता विकास तथा

जेन जी एकताको अभियान ताप्लेजुङबाट सुरु 

ताप्लेजुङ, कात्तिक २१ गते । जेन जी युनाइटेड मुभमेन्टले एकताको

सेसेलुङ गोल्ड कपको आय व्यय सार्वजनिक, मङ्सिर १३ देखि महिला फुटबल प्रतियोगिता सञ्चालन हुने 

साहारा लिम्बू ताप्लेजुङ, कात्तिक २१ गते । गत वर्ष सञ्चालन भएको

निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु

रेडियो काबेलीताप्लेजुङमा । ताप्लेजुङमा निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम