कञ्चनजङ्घा पार्क सेन्टरको गरियो शिलान्यास



ताप्लेजुङ । कञ्चनजङ्घा पार्क सेन्टरको शिलान्यास गरिएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नम्बर पाँच तापेथोकमा निर्माण गर्न लागिएको कञ्चनजङ्घा पार्क सेन्टरको शुक्रबार शिलान्यास गरिएको हो ।

समृद्ध कञ्चनजङ्घा परियोजनाले निर्माण गर्न लागेको उक्त पार्कको शिलान्यास हिमालयन ट्रस युकेका अध्यक्ष ग्राम रिग्ली र विश्व वन्यजन्तु कोष (डब्लु डब्लु एफ नेपाल) का राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले गर्नुभएको छ ।

आन्तरिक वाह्य पर्यटकहरूलाई कञ्चनजङ्घा संरक्षण क्षेत्र र अन्य पर्यटकीय क्षेत्रका बारे जानकारी गराउँने (इन्फरमेसन डेक्स) को लागि उक्त पार्क निर्माण गर्न लागिएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका अध्यक्ष खगेन्द्र फेम्बूले बताउनुभयो ।

उहाँका अनुसार उक्त पार्क सेन्टर १२ रोपनी जग्गामा पाँच करोडको लागतमा निर्माण हुने छ ।

प्रकाशित मिति : 9:35 am

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले

ताप्लेजुङमा काँग्रेसबाट गजेन्द्र प्रसाद तुम्याहाङको उम्मेदवारी पक्का

रेडियो काबेलीताप्लेजुङ । आगामी फाल्गुन २१ गते हुने प्रतिनीधिसभा निर्वाचनका

प्रथम माघेमेला गोल्ड कप : उपाधिका लागि आयोजक र लालीगुँरास भिड्दै

ताप्लेजुङ, माघ ५ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम