ताप्लेजुङका चार पालीकालाई पूर्ण खोप सुनिश्चित घोषणा



ताप्लेजुङ। ताप्लेजुङको चार वटा गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएका छन् । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका, आठराई त्रीवेणी गाउँपालिका, मैवाखोला गाउँपालिका र सिदिङ्वा गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएका हुन् ।

एउटा नगरपालिका र आठ वटा गाउँपालिका भएको जिल्लामा सबैभन्दा पहिले सिदिङ्वा गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको थियो । त्यसपछि आठराई त्रिवेणी गाउँपालिका र मैवाखोला गाउँपालिकालाई पनि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरियो थियो । बिहीबार फक्ताङलुङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिए सँगै चार वटा पालिका पूर्ण खोप सुनिश्चित पालिका भएको हो ।

जन्मेदेखि ५९ महिना उमेर समूहका सबै बालबालिकालाई विश्व स्वास्थ्य सङ्घको मापदण्ड अनुसारका खोपको मात्रा पूरा गर्दै पालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले बताउनुभयो ।

माघ महिनाको १५ गते पालिकाको वडा नम्बर सात ओलाङचुङगोला तथा अन्य छ वटा वडा चैत महिनामा पूर्ण खोप सुनिश्चित भएको वडा घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख दिनेश भट्टराईले बताउनुभयो ।

भट्टराईका अनुसार चैत २१ गते वडा नम्बर चार इखाबु, चैत २४ गते वडा नम्बर छ लेलेप, चैत २६ गते वडा नम्बर तीन लिङखिम, चैत २८ गते वडा नम्बर पाँच तापेथोक र वडा नम्बर एक सावादिन तथा चैत ३१ गते वडा नम्बर दुई खेजेनिमलाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको हो ।

प्रकाशित मिति : 5:29 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा