६ वर्ष देखि फरार रहेका ताप्लेजुङका एक व्यक्ति पक्राउ



ताप्लेजुङ । विगत ६ वर्ष देखि फरार रहेका ताप्लेजुङका एक व्यक्ति पक्राउ परेका छन् । ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा फरार रहेका ३० वर्षीय पुरुष पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा फक्ताङलु गाउँपालिका वडा नम्बर एकका रोहित कुमार साउदेन रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार साउदेनले मिक्वाखोला गाउँपालिका वडा नम्बर एक खोक्लिङ निवासी सुवास फेम्सोङ लिम्बुलाई धारिलो हतियार खुकुरीले प्रहार गरी फरार रहेका थिए । 

फरार रहेका उनलाई ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा मिति २०७७ साल माघ २२ गते मिक्वाखोला गाउँपालिका वडा नम्बर चार थलङबाट बरामद भएको अवैध हातहतियार तथा खरखजाना (पेस्तोल) वारदात पश्चात जिल्ला अदालत ताप्लेजुङबाट पक्राउ पुर्जी जारी गरिएको थियो । 

उनलाई छ वर्ष पछि चैत ३१ गते फुङलिङ नगरपालिका वडा नम्बर पाँचबाट पक्राउ गरी बैशाख तीन गते अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

प्रकाशित मिति : 7:35 pm

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले

ताप्लेजुङमा काँग्रेसबाट गजेन्द्र प्रसाद तुम्याहाङको उम्मेदवारी पक्का

रेडियो काबेलीताप्लेजुङ । आगामी फाल्गुन २१ गते हुने प्रतिनीधिसभा निर्वाचनका

प्रथम माघेमेला गोल्ड कप : उपाधिका लागि आयोजक र लालीगुँरास भिड्दै

ताप्लेजुङ, माघ ५ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम