१२ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गर्ने एक पुरुष पक्राउ



ताप्लेजुङ । ताप्लेजुङमा नाबालिकालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् । १२ वर्षीया नाबालिकालाई डरत्रास धम्की दिई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ताप्लेजुङका १९ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभएको छ । उहाँका अनुसार ती पुरुषले नाबालिकालाई बैशाख एक गते राती शौचालय गएको बेला विभिन्न डरत्रास धम्की दिई जबरजस्ती करणी गरेको जाहेरी दर्ता भएको थियो । 

सोही जाहेरीको आधारमा पुरुषलाई बैशाख दुई गते पक्राउ गरिएको हो । पक्राउ परेका पुरुषलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ (३) बमोजिम जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान आगाडि बढाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : 6:27 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा