पाथिभरा याङवरक गाउँपालिकाले बनायो देवाली गर्ने मन्दिर



ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकाले कुल पुजा (देवाली) गर्ने मन्दिर निर्माण गरेको छ । पाथीभरा याङवरक गाउँपालिका वडा नं. २, को थेचम्बुमा उक्त मन्दिर निर्माण गरिएको हो ।

गाउँपालिकाले बिनियोजन गरेको १० लाख रुपियाँमा मन्दिरको निर्माण कार्य सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष केशर कुमार सुब्बाले बताउनुभयो । उहाँका अनुसार पौडेल वंशको देवाली गर्ने मन्दिर निर्माण गरिएको छ ।

थेचम्बुको महाकाली नजिकै पिङ्गेदिनमा मन्दिरको निर्माण सम्पन्न भई उद्‌घाटन समेत भएको छ । यस अघि यहाँका बासिन्दाहरूले अस्थायी मन्दिर बनाएर पूजा गर्ने गरेका थिए । यही समस्यालाई मध्यनजर गरी मन्दिर निर्माणमा सहयोग गरिएको गाउँपालिकाले जनाएको छ ।

मन्दिर निर्माण गर्नको लागि स्थानीय स्व. पूर्ण प्रसाद पौडेल र स्व. भक्तमाया पौडेलको स्मृतिमा छोराहरू धर्मराज पौडेल र इन्द्र कुमार पौडेलले २ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको अध्यक्ष सुब्बाका स्वकीय सचिव तेजबिर मेन्याङबोले जानकारी दिनुभयो ।

तीन–तीन वर्षको अवधिमा पौडेल वंशले कुल पुजा देवाली सोही स्थानमा गर्दै आएको छन् ।

प्रकाशित मिति : 11:51 am

वन पैदावार व्यवसायी सङ्घको अध्यक्षमा राई 

ताप्लेजुङ, मंसिर १७ गते । वन पैदावार व्यवसायी सङ्घ ताप्लेजुङको

फुङलिङ नगरपालिका सेसेलुङ महिला गोल्डकपको फाइनलमा 

ताप्लेजुङ, मंसिर १७ गते । फुङलिङ नगरपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

दोस्रो साङधुङगे माङ्गेना कप : आज चार खेल सम्पन्न 

ताप्लेजुङ, मंसिर १६ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई नेतालाई एमालेद्वारा निलम्बन

ताप्लेजुङ, मंसिर १६ गते । नेकपा एमालेले ताप्लेजुङका दुई नेतालाई