पाथिभरा मन्दिरमा एक वर्षमा आए दुई लाख बढी भक्तजन 



ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा एक वर्षमा दुई लाख बढी भक्तजनहरू आएका छन् । पाथिभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत बैशाख महिनादेखि चैत महिना सम्ममा दुई लाख २१ हजार ६०२ जना भक्तजन पाथिभरा मन्दिरको दर्शनका लागि आएका हुन् ।

समितिका अनुसार सबैभन्दा धेरै गत कार्तिक महिनामा ६१ हजार १७३ जना भक्तजन पाथिभरा दर्शनका लागि आएका थिए । सबैभन्दा थोरै गत साउन महिनामा एक हजार ९५५ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेका थिए । यस्तै गत बैशाख महिनामा ५१ हजार ८०४ जना भक्तजन पाथिभरा मन्दिर आएका थिए । 

गत जेठ महिनामा आठ हजार ३०७, असार महिनामा, दुई हजार ७५६, भदौ महिनामा नौ हजार ९३९, असोजमा पाँच हजार ९४९ जान भक्तजनले पाथिभरा मन्दिरको दर्शन गरेको समितिले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । मंसिर महिनामा २१ हजार १८० जना, पुष महिनामा छ हजार ४२७ जना, माघ महिनामा चार हजार २४९ जना, फागुन महिनामा सात हजार ४२८ जना र चैत महिनामा ४० हजार ४३५ जना दर्शनार्थीहरूले पाथिभरा मन्दिरको दर्शन गरेका छन् ।

पाथिभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरूको विवरण पाथिभरा क्षेत्र विकास समितिले राख्ने गरेको छ । पाथिभरा मन्दिरमा विषेश गरि चैत बैशाख र दशैँ तिहारमा धेरै भक्तजन आउने गर्दछन् । त्यसैले यी महिनाहरुलाई पाथिभरा मन्दिरको दर्शनका लागि सिजनको रुपमा पनि लिने गरिन्छ । पाथिभरा दर्शनका लागि प्रत्येक दिन नै दर्शनार्थीहरू आउने गरेको पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो । उहाँको अनुसार अहिले सम्म पाथिभरामा आउनुहुने भक्तजनहरूको सङ्ख्या सुन्या भएको छैन । 

पछिल्लो समय केबुलकार विवादका कारण बन्द हड्ताल भएकाले पाथिभरा मन्दिर आउने दर्शनार्थीको सङ्ख्या कम हुँदै गएको थियो । तर, चैत महिना लागे पछि पाथिभरा आउने तीर्थयात्रीको सङ्ख्या ह्वात्तै बढेको हो । 

प्रकाशित मिति : 7:38 pm

वन पैदावार व्यवसायी सङ्घको अध्यक्षमा राई 

ताप्लेजुङ, मंसिर १७ गते । वन पैदावार व्यवसायी सङ्घ ताप्लेजुङको

फुङलिङ नगरपालिका सेसेलुङ महिला गोल्डकपको फाइनलमा 

ताप्लेजुङ, मंसिर १७ गते । फुङलिङ नगरपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

दोस्रो साङधुङगे माङ्गेना कप : आज चार खेल सम्पन्न 

ताप्लेजुङ, मंसिर १६ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई नेतालाई एमालेद्वारा निलम्बन

ताप्लेजुङ, मंसिर १६ गते । नेकपा एमालेले ताप्लेजुङका दुई नेतालाई