फुङलिङ नगरपालिकाको एक विद्यालयलाई निःशुल्क कम्प्युटर प्रदान



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाको एक विद्यालयलाई निःशुल्क रुपमा कम्प्युटर उपलब्ध गराइएको छ । फुङलिङ नगरपालिका ७ स्थित दोखुको दीपज्योति आधारभूत विद्यालयलाई एक थान कम्प्युटर र प्रिन्टर उपलब्ध गराइएको हो ।

शुक्रबार एक कार्यक्रमबीच प्रतिनिधिसभाका सदस्य योगेश कुमार भट्टराईले विद्यालयलाई उक्त कम्प्युटर हस्तान्तरण गर्नु भएको हो । प्रतिनिधिसभा सदस्य भट्टराईले प्रधानाध्यापक सिता निरौला र व्यवस्थापन समिति अध्यक्ष गुञ्जमान गुरुङलाई हस्तान्तरण गर्नुभएको छ । हिमालय लाइन्स क्लब अफ काठमाडौँ सिद्धार्थ प्यालेसले उपलब्ध गराएको एक लाख रकम बराबरको कम्प्युटर र प्रिन्टर प्रदान गरिएको बताइएको छ ।

हस्तान्तरण गदै नेकपा एमालेका सचिव समेत रहनु भएका भट्टराईले ताप्लेजुङका विभिन्न विद्यालयलाई भौतिक संरचना निर्माणमा विभिन्न विद्यालयले सहयोग गरि रहेको उल्लेख गर्नुभयो । सांसद भट्टराईले युडब्लु एसले जिल्लाका विभिन्न ७ वटा विद्यालयको भवन निर्माणमा सहयोग गरेकोमा धन्यवाद प्रदान गदै विद्यालयको भवन निर्माण पछि विद्यार्थीको सङ्ख्या वृद्धि भएको समेत दाबी गर्नुभयो ।

दीपज्योति आधारभूत विद्यालयको जग्गादाता ,विभिन्न रुपमा सहयोग गर्नेहरूलाई सम्मान समेत गरिएको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शनिबार ११:४१

ताप्लेजुङ गोल्डकपको आकृति भानु जन माध्यमिक विद्यालयले बनाउने 

 ताप्लेजुङ । तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा यो वर्ष गोल्डकपको

वाइसिएल फक्ताङ्लुङ कमिटी अध्यक्षमा मिराक लिम्बू

ताप्लेजुङ । योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) फक्ताङ्लुङ गाउँपालिका कमिटी

ताप्लेजुङ गोल्डकपमा टिकट काट्ने दर्शकले स्मार्ट फोन पाउने

ताप्लेजुङ । तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा टिकट काट्ने दर्शकले

ताप्लेजुङमा डेङ्गु नियन्त्रण गर्न लामखुट्टेको लार्भा नष्ट अभियान सुरु

ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा पनि डेङ्गुको सङ्क्रमण देखिन थालेपछि

आर्थिक अभावमा तोक्पेगोलामा अवस्थित जोङलुङ गुम्बा

ताप्लेजुङ । मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलामा अवस्थित जोङलुङ गुम्बा निर्माण तथा