फुङलिङ नगरपालिकाको एक विद्यालयलाई निःशुल्क कम्प्युटर प्रदान



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाको एक विद्यालयलाई निःशुल्क रुपमा कम्प्युटर उपलब्ध गराइएको छ । फुङलिङ नगरपालिका ७ स्थित दोखुको दीपज्योति आधारभूत विद्यालयलाई एक थान कम्प्युटर र प्रिन्टर उपलब्ध गराइएको हो ।

शुक्रबार एक कार्यक्रमबीच प्रतिनिधिसभाका सदस्य योगेश कुमार भट्टराईले विद्यालयलाई उक्त कम्प्युटर हस्तान्तरण गर्नु भएको हो । प्रतिनिधिसभा सदस्य भट्टराईले प्रधानाध्यापक सिता निरौला र व्यवस्थापन समिति अध्यक्ष गुञ्जमान गुरुङलाई हस्तान्तरण गर्नुभएको छ । हिमालय लाइन्स क्लब अफ काठमाडौँ सिद्धार्थ प्यालेसले उपलब्ध गराएको एक लाख रकम बराबरको कम्प्युटर र प्रिन्टर प्रदान गरिएको बताइएको छ ।

हस्तान्तरण गदै नेकपा एमालेका सचिव समेत रहनु भएका भट्टराईले ताप्लेजुङका विभिन्न विद्यालयलाई भौतिक संरचना निर्माणमा विभिन्न विद्यालयले सहयोग गरि रहेको उल्लेख गर्नुभयो । सांसद भट्टराईले युडब्लु एसले जिल्लाका विभिन्न ७ वटा विद्यालयको भवन निर्माणमा सहयोग गरेकोमा धन्यवाद प्रदान गदै विद्यालयको भवन निर्माण पछि विद्यार्थीको सङ्ख्या वृद्धि भएको समेत दाबी गर्नुभयो ।

दीपज्योति आधारभूत विद्यालयको जग्गादाता ,विभिन्न रुपमा सहयोग गर्नेहरूलाई सम्मान समेत गरिएको थियो ।

प्रकाशित मिति : 11:41 am

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी