जिल्ला प्रशासन ताप्लेजुङले सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्ने



ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्ने भएको छ । बिहीबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले आउँदो वैशाख १ गतेदेखि सार्वजनिक बिदाका दिनमा कार्यालय खुलाएर सेवा प्रवाह गर्ने भएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले जारी गर्नुभएको सूचनाअनुसार वैशाख १ गतेदेखि अर्थात २०८२ सालमा वैशाख पूर्णिमा ९चण्डी पूर्णिमाँ०सहित विभिन्न १६ वटा सार्वजनिक बिदामा प्रशासन कार्यालयले सेवा प्रवाह गर्ने भएको हो ।

सार्वजनिक बिदा हुने गणतन्त्र दिवस, हरितालिका तीज, घटस्थापना, किरात समुदायको उधौली पर्व, क्रिसमस डे, तमू ल्होसारका दिन प्रशासन कार्याले सेवा प्रवाह गर्ने भएको हो ।

यस्तै, पृथ्वी जयन्ती, माघे सङ्क्रान्ति, सोनाम ल्होसार, सहिद दिवस, महाशिवरात्री, ग्याल्पो ल्होसार, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवस र इद उल फिद्र तथा बकर इदजस्ता सार्वजनिक बिदाका दिन प्रशासन कार्यालयले सेवा प्रवाह गर्ने भएको छ ।

उक्त सार्वजनिक बिदाका दिन राजपत्रको १० नम्बर बुँदा बमोजिमका कार्यालयसँग सम्बन्धित सबै सेवाहरु प्रवाह हुने सहायक प्रजिअ खड्काले सूचनामा उल्लेख गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालयले दसैँ तिहार पर्व, संविधान दिवस लगायतका सार्वजनिक दिन भने बिदा हुने प्रशासन कार्यालय स्रोतले जनाएको छ । त्यस्तै, शनिबारको सार्वजनिक बिदामा भने कार्यालय बन्द हुने छ । यता सार्वजनिक बिदाको दिनमा समेत प्रशासन कार्यालयले सेवा प्रवाह गर्दा सेवाग्राहीलाई थोरै भए पनि राहत पुग्ने प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको भनाइ छ ।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार १९:२६

स्थानीयको विरोध रहेको अपर तमोर हाइड्रोपावरमा तोडफोड

ताप्लेजुङ। स्थानीयले विरोध जनाई रहेको ताप्लेजुङमा निर्माणधीन अपर तमोर हाइड्रोपावरको

ताप्लेजुङमा प्रहरी हत्या गरी फरार व्यक्ति १३ वर्ष पछि पक्राउ

साहारा लिम्बू फुङ्लिङ, साउन १६ गते । ताप्लेजुङमा ज्यान मार्ने उद्योगमा

ताप्लेजुङ गोल्डकपको आकृति भानु जन माध्यमिक विद्यालयले बनाउने 

 ताप्लेजुङ । तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा यो वर्ष गोल्डकपको

वाइसिएल फक्ताङ्लुङ कमिटी अध्यक्षमा मिराक लिम्बू

ताप्लेजुङ । योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) फक्ताङ्लुङ गाउँपालिका कमिटी

ताप्लेजुङ गोल्डकपमा टिकट काट्ने दर्शकले स्मार्ट फोन पाउने

ताप्लेजुङ । तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा टिकट काट्ने दर्शकले