जिल्ला प्रशासन ताप्लेजुङले सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्ने



ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्ने भएको छ । बिहीबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले आउँदो वैशाख १ गतेदेखि सार्वजनिक बिदाका दिनमा कार्यालय खुलाएर सेवा प्रवाह गर्ने भएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले जारी गर्नुभएको सूचनाअनुसार वैशाख १ गतेदेखि अर्थात २०८२ सालमा वैशाख पूर्णिमा ९चण्डी पूर्णिमाँ०सहित विभिन्न १६ वटा सार्वजनिक बिदामा प्रशासन कार्यालयले सेवा प्रवाह गर्ने भएको हो ।

सार्वजनिक बिदा हुने गणतन्त्र दिवस, हरितालिका तीज, घटस्थापना, किरात समुदायको उधौली पर्व, क्रिसमस डे, तमू ल्होसारका दिन प्रशासन कार्याले सेवा प्रवाह गर्ने भएको हो ।

यस्तै, पृथ्वी जयन्ती, माघे सङ्क्रान्ति, सोनाम ल्होसार, सहिद दिवस, महाशिवरात्री, ग्याल्पो ल्होसार, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवस र इद उल फिद्र तथा बकर इदजस्ता सार्वजनिक बिदाका दिन प्रशासन कार्यालयले सेवा प्रवाह गर्ने भएको छ ।

उक्त सार्वजनिक बिदाका दिन राजपत्रको १० नम्बर बुँदा बमोजिमका कार्यालयसँग सम्बन्धित सबै सेवाहरु प्रवाह हुने सहायक प्रजिअ खड्काले सूचनामा उल्लेख गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालयले दसैँ तिहार पर्व, संविधान दिवस लगायतका सार्वजनिक दिन भने बिदा हुने प्रशासन कार्यालय स्रोतले जनाएको छ । त्यस्तै, शनिबारको सार्वजनिक बिदामा भने कार्यालय बन्द हुने छ । यता सार्वजनिक बिदाको दिनमा समेत प्रशासन कार्यालयले सेवा प्रवाह गर्दा सेवाग्राहीलाई थोरै भए पनि राहत पुग्ने प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको भनाइ छ ।

प्रकाशित मिति : 7:26 pm

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

समाजसेवी गुरुङ दम्पतीद्वारा एक लाख बढि रकम अक्षयकोषमा जम्मा

ताप्लेजुङ, चैत्र १ गते । समाजसेवी दम्पतीले विपन्न तथा असहाय

आठराई त्रिवेणीले अनुदानमा कृषि कार्यक्रम सञ्चालन गर्ने

ताप्लेजुङ, चैत २ गते । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले अनुदानमा

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ