फक्ताङलुङ गाउँपालिकाका विद्यालयलाई योजना सञ्चालनमा रोक, बैशाख २ देखि भर्ना अभियान सञ्चालन निर्देशन



ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाभित्र रहेका विद्यालयलाई योजना सञ्चालनमा रोक लगाएको छ । गाउँपालिका तथा विभिन्न निकायबाट प्राप्त बजेट कार्यान्वयन गराउन र त्यसको कागजात मिलाउन शिक्षकहरू हिँड्दा बालबालिकाको पढाइमा असर परेको भन्दै रोक लगाइएको हो ।

विद्यालयमा पर्याप्त मात्रामा शिक्षक नभएको र भएका शिक्षक पनि यसरी हिँड्दा बालबालिकाको पढाइमा गम्भीर असर परेकोले यस्तो कदम चाल्नु परेको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले बताउनुभयो । उहाँका अनुसार योजना सञ्चालनको कागजात मिलाउन प्रधानाध्यापकहरू विभिन्न निकायमा धाउँदा विद्यालयमा अन्य कामहरू पनि प्रभावित बनेका छन् ।

साथै विद्यालयले निर्माण, खरिद, जस्ता योजना कार्यालयमार्फत नगराई आफ्नो वडाका टोल विकास संस्था वा गाउँपालिका मार्फत कार्यान्वयन गराउन निर्देशन दिइएको छ । यो सँगै गाउँपालिकाले वैशाख २ गते देखि एक सातासम्म भर्ना अभियान सञ्चालन गर्न र अभिभावकसँग छलफल गर्न विद्यालयहरूलाई निर्देशन दिएको छ ।

आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकहरूको घर घरमा शिक्षकहरू प्रत्यक्ष उपस्थित भई भर्ना अभियानको कार्यक्रम सञ्चालन गरि उक्त कार्यक्रमको फोटो सहितको प्रतिवेदन तयार गरी बैशाख २० गते भित्रमा शिक्षा शाखामा पेश गर्न समेत निर्देश दिइएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार १९:२०

ताप्लेजुङका चार पालीकालाई पूर्ण खोप सुनिश्चित घोषणा

ताप्लेजुङ। ताप्लेजुङको चार वटा गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा

६ वर्ष देखि फरार रहेका ताप्लेजुङका एक व्यक्ति पक्राउ

ताप्लेजुङ । विगत ६ वर्ष देखि फरार रहेका ताप्लेजुङका एक

ताप्लेजुङमा बोलेरो दुर्घटना : एक जनाको मृत्यु, एक गम्भीर

ताप्लेजुङ । ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

ताप्लेजुङमा लागू औषध मुद्दामा फरार रहेका एक जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा लागू औषध मुद्दामा फरार रहेका एक जना

१२ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गर्ने एक पुरुष पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा नाबालिकालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ