फक्ताङलुङ गाउँपालिकाका विद्यालयलाई योजना सञ्चालनमा रोक, बैशाख २ देखि भर्ना अभियान सञ्चालन निर्देशन



ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाभित्र रहेका विद्यालयलाई योजना सञ्चालनमा रोक लगाएको छ । गाउँपालिका तथा विभिन्न निकायबाट प्राप्त बजेट कार्यान्वयन गराउन र त्यसको कागजात मिलाउन शिक्षकहरू हिँड्दा बालबालिकाको पढाइमा असर परेको भन्दै रोक लगाइएको हो ।

विद्यालयमा पर्याप्त मात्रामा शिक्षक नभएको र भएका शिक्षक पनि यसरी हिँड्दा बालबालिकाको पढाइमा गम्भीर असर परेकोले यस्तो कदम चाल्नु परेको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले बताउनुभयो । उहाँका अनुसार योजना सञ्चालनको कागजात मिलाउन प्रधानाध्यापकहरू विभिन्न निकायमा धाउँदा विद्यालयमा अन्य कामहरू पनि प्रभावित बनेका छन् ।

साथै विद्यालयले निर्माण, खरिद, जस्ता योजना कार्यालयमार्फत नगराई आफ्नो वडाका टोल विकास संस्था वा गाउँपालिका मार्फत कार्यान्वयन गराउन निर्देशन दिइएको छ । यो सँगै गाउँपालिकाले वैशाख २ गते देखि एक सातासम्म भर्ना अभियान सञ्चालन गर्न र अभिभावकसँग छलफल गर्न विद्यालयहरूलाई निर्देशन दिएको छ ।

आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकहरूको घर घरमा शिक्षकहरू प्रत्यक्ष उपस्थित भई भर्ना अभियानको कार्यक्रम सञ्चालन गरि उक्त कार्यक्रमको फोटो सहितको प्रतिवेदन तयार गरी बैशाख २० गते भित्रमा शिक्षा शाखामा पेश गर्न समेत निर्देश दिइएको छ ।

प्रकाशित मिति : 7:20 pm

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

समाजसेवी गुरुङ दम्पतीद्वारा एक लाख बढि रकम अक्षयकोषमा जम्मा

ताप्लेजुङ, चैत्र १ गते । समाजसेवी दम्पतीले विपन्न तथा असहाय

आठराई त्रिवेणीले अनुदानमा कृषि कार्यक्रम सञ्चालन गर्ने

ताप्लेजुङ, चैत २ गते । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले अनुदानमा

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ