मिक्वाखोलामा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न




रेडियो काबेली
ताप्लेजुङ । जिल्लाको मिक्वाखोला गउँपालिकामा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । गत चैत्र २२ गतेबाट सुरु भएको तालिम आईतबार सकिएको हो । आर्थिक वर्ष २०८१÷८२ मा स्विकृत बजेट अन्तरगत महिलाहरुको क्षमता विकासका लागि तालिम गरिएको महिला तथा बालबालिका शाखा प्रमुख डिकमाया बस्नेतले बताउनुभयो । त्यस्तै समापन समारोहमा बोल्दै निमित्त प्रमुख प्रशासकीय रेश्मा राईले बोल्ने कला हरेक क्षेत्रको लागि आवश्यक पर्ने बताउँदै सिकेको कुरा व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो ।

तालिमले आफुहरुमा बोल्ने र केहि गर्ने क्षमताको विकास भएको सहभागि समिता लिम्बुले बताउनुभयो साथै उहाँले यस्ता कार्यक्रम आगामी दिनमा पनि गर्न पालिलकालाई आग्रह गर्नुभयो । तालिममा पालिकाको वडा नं.४ साँबाका २५ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिमको सहजिकरण रेडियो काबेलीका स्टेशन मेनेजर तथा ईन्सेक जिल्ला प्रतिनीधि एलिना दियालीले गर्नुभएको थियो ।

प्रकाशित मिति : 7:38 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम