मिक्वाखोलामा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न




रेडियो काबेली
ताप्लेजुङ । जिल्लाको मिक्वाखोला गउँपालिकामा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । गत चैत्र २२ गतेबाट सुरु भएको तालिम आईतबार सकिएको हो । आर्थिक वर्ष २०८१÷८२ मा स्विकृत बजेट अन्तरगत महिलाहरुको क्षमता विकासका लागि तालिम गरिएको महिला तथा बालबालिका शाखा प्रमुख डिकमाया बस्नेतले बताउनुभयो । त्यस्तै समापन समारोहमा बोल्दै निमित्त प्रमुख प्रशासकीय रेश्मा राईले बोल्ने कला हरेक क्षेत्रको लागि आवश्यक पर्ने बताउँदै सिकेको कुरा व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो ।

तालिमले आफुहरुमा बोल्ने र केहि गर्ने क्षमताको विकास भएको सहभागि समिता लिम्बुले बताउनुभयो साथै उहाँले यस्ता कार्यक्रम आगामी दिनमा पनि गर्न पालिलकालाई आग्रह गर्नुभयो । तालिममा पालिकाको वडा नं.४ साँबाका २५ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिमको सहजिकरण रेडियो काबेलीका स्टेशन मेनेजर तथा ईन्सेक जिल्ला प्रतिनीधि एलिना दियालीले गर्नुभएको थियो ।

प्रकाशित मिति : 7:38 pm

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि