शिक्षक आन्दोलनको प्रभाव : मैवाखोला गाउँपालिकामा हुने वृहत सिकाइ मेला स्थगित 



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बुधबार हुने भनिएको वृहत सिकाइ मेला स्थगित गएको छ । शिक्षक आन्दोलनका कारण मैवाखोला गाउँपालिकाको श्री नारायणी माध्यमिक विद्यालय साँघुमा हुने भनिएको कार्यमूलक सीपमा आधारित वृहत सिकाइ मेला २०८१ स्थगित गरिएको हो । 

गाउँपालिकाले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै चैत २० गते देखि शुरु भएको शिक्षकहरूको आन्दोलनलाई सम्मान गर्दै वृहत सिकाइ मेला स्थगित गरेको जानकारी गराएको छ । देशभरका सार्वजनिक विद्यालयहरूमा कार्यरत शिक्षक तथा विद्यालयका कर्मचारीहरूको आन्दोलनका कारण देशभरका शैक्षिक गतिविधि प्रभावित भएकोले शिक्षकहरूको मागलाई चाँडो सम्बोधन गरी विद्यालयमा फर्काउने वातावरण बनाउनु पर्ने माग राखिएको छ । 

गुणस्तरको हिसाबले दयनीय भइरहेको सार्वजनिक शिक्षालाई सुधारमा ल्याउनु सरोकारवाला सबै निकाय र तहको भूमिका आवश्यक भएको गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले बताउनुभयो । उहाँका अनुसार लाखौं बालबालिकाहरूको भविष्यसँग जोडिएको शिक्षा क्षेत्रमा हाल देखा परिरहेको समस्याहरुलाई समाधान गर्नमा सरोकारवाला सबै जिम्मेवार हुनु पर्ने छ ।

यस्तै गाउँपालिकाले आन्दोलनरत शिक्षकहरूलाई सफलताको शुभकामना समेत प्रदान गरेको छ । 

प्रकाशित मिति : 5:16 pm

फुङलिङमा एक घरमा आगलागी हुँदा ३६ लाख बराबरबो क्षती

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फुुङलिङमा एक घरमा मंगलबार साँझ आगलागी

ताप्लेजुङ सेवा समाज मलेसियाद्धारा सिदिङ्वाका मृगौला पिडितलाई आर्थिक सहयोग

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङ सेवा समाज मलेसियाले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका

पाँचौ मेरिङदेन कप फुटबल प्रतियोगिता कार्तिक ७ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दिपावलीको अवसरमा पाँचौ मेरिङदेन कप पुरुष फुटबल

मैवाखोला गाउँपालिकाका पहिरो पिडीतलाई स्थायी पुनस्र्थापनाको प्रक्रिया अघि बढ्यो

रेडियो काबेलीताप्लेजुङ । मैवाखोला गाउँपालिकाका पहिरो पिडीतलाई स्थायी पुनस्र्थापनाको प्रक्रिया

पाथीभरामा ३३ लाख ८२ हजार भेटी सङ्कलन 

ताप्लेजुङ, कात्तिक १ गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुक्कुमलुङ)मा