शिक्षक आन्दोलनको प्रभाव : मैवाखोला गाउँपालिकामा हुने वृहत सिकाइ मेला स्थगित 



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बुधबार हुने भनिएको वृहत सिकाइ मेला स्थगित गएको छ । शिक्षक आन्दोलनका कारण मैवाखोला गाउँपालिकाको श्री नारायणी माध्यमिक विद्यालय साँघुमा हुने भनिएको कार्यमूलक सीपमा आधारित वृहत सिकाइ मेला २०८१ स्थगित गरिएको हो । 

गाउँपालिकाले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै चैत २० गते देखि शुरु भएको शिक्षकहरूको आन्दोलनलाई सम्मान गर्दै वृहत सिकाइ मेला स्थगित गरेको जानकारी गराएको छ । देशभरका सार्वजनिक विद्यालयहरूमा कार्यरत शिक्षक तथा विद्यालयका कर्मचारीहरूको आन्दोलनका कारण देशभरका शैक्षिक गतिविधि प्रभावित भएकोले शिक्षकहरूको मागलाई चाँडो सम्बोधन गरी विद्यालयमा फर्काउने वातावरण बनाउनु पर्ने माग राखिएको छ । 

गुणस्तरको हिसाबले दयनीय भइरहेको सार्वजनिक शिक्षालाई सुधारमा ल्याउनु सरोकारवाला सबै निकाय र तहको भूमिका आवश्यक भएको गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले बताउनुभयो । उहाँका अनुसार लाखौं बालबालिकाहरूको भविष्यसँग जोडिएको शिक्षा क्षेत्रमा हाल देखा परिरहेको समस्याहरुलाई समाधान गर्नमा सरोकारवाला सबै जिम्मेवार हुनु पर्ने छ ।

यस्तै गाउँपालिकाले आन्दोलनरत शिक्षकहरूलाई सफलताको शुभकामना समेत प्रदान गरेको छ । 

प्रकाशित मिति : 5:16 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी