युनाइटेड मेवाखोला हाइड्रोपावरको काम अन्तिम चरणमा, असारमा विद्युत् उत्पादन गर्ने तयारी



ताप्लेजुङ। ताप्लेजुङमा निर्माणाधीन युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । २०७८ सालबाट सुरु भएको ५० मेगावट क्षमताको आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।

हालसम्ममा करिब ९० प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भएको आयोजनाका जनसम्पर्क अधिकृत आशिष केदेम लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी २०८२ सालको असार मसान्तसम्ममा विद्युत् उत्पादन गर्ने तयारीका साथ निर्माणको कार्य तीव्र गतिमा भइरहेको छ ।

आयोजनाको पेनस्टक पाइप जडानको कार्य र विद्युत् गृहको केही कार्य बाँकी रहेको जनसम्पर्क अधिकृत लिम्बुको भनाइ छ । त्यस्तै विद्युत् गृहबाट आठ किलोमिटर टाढा रहेको एक सय ३२ केभिए ढुङ्गेसाँघु सबस्टेसनसम्मको तार बिछ्याउने कार्य अन्तिम चरणमा पुगेको छ । विद्युत् गृहबाट सबस्टेसनसम्म २८ वटा टावर निर्माण गरिएको छ । जसको करिब ५ प्रतिशत मात्रै तार बिछ्याउने कार्य बाँकी रहेको लिम्बूले जानकारी दिनुभयो ।

मेरिङ्देन गाउँपालिकाको थुकिमा र लिबाङको नावा क्षेत्रमा ड्यामसाइड निर्माण गरी मेवाखोलाको पानी प्रयोग गरेर उत्पादन हुने आयोजनाको कार्य अन्तिम चरणमा प्रवेश गरेको छ । ड्यामसाइडबाट चार दशमलब ८ किलोमिटरको सुरुङमार्गमार्फत पावर हाउसमा पानी पुर्‍याइनेछ । आयोजनाको पावर हाउस खाम्लुङको मुनितर्फको भेग खोला खेतमा निर्माण गरिएको छ ।

नौ अर्बको लागतमा सम्पन्न हुने आयोजनाको अति प्रभावित क्षेत्रहरूमा थुकिमा, लिङतेप, खाम्लुङ, लिबाङ, मिक्वाखोला गाउँपालिकाको १ नम्बर वडा खोक्लिङ, आठराई त्रिवेणी गाउँपालिकाको ५ नम्बर वडा चाँगे र मैवाखोला गाउँपालिकाको १ नम्बर वडा ढुङ्गेसाँघु परेका छन् ।

आयोजनाले आइपिओ निष्कासनका लागि नेपाल धितो पत्र बोर्डमा दिएको आवेदन प्रक्रियामा रहेको बताइएको छ । जसको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड छ ।

प्रकाशित मिति : 12:15 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन