ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा



ताप्लेजुङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । सोमबार एक कार्यक्रमका साथ पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

गाउँपालिकाको पाँच वटै वडालाई पूर्ण खोप वडा घोषणा गरिए सँगै गाउँपालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमु (दिपेन)ले बताउनुभयो । उहाँका अनुसार पालिकाको वडा नं. एक, दुई र पाँचलाई गत चैत १३ गते पूर्ण खोप वडा घोषणा गरिएको थियो।

यस्तै वडा नं. तीन लाई चैत १४ गते र वडा नं. ४ लाई चैत १२ गते पूर्ण खोप वडा घोषणा गरिएको थियो । पाँच वडा भएको गाउँपालिकाले पूर्ण खोप पालिकाको घोषणा कार्यक्रममार्फत वडा र विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरेको छ । पालिकाले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्ने अभियानको भूमिका निर्वाह गर्ने पाँच वटै वडालाई सम्मान गरिएको छ ।

यो सँगै सम्बन्धित स्वास्थ्य संस्था, प्रत्येक वडाका एक एक जना उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र एक जना खोप स्वास्थ्य कार्यकर्तालाई सम्मान गरेको छ । गाउँपालिका अध्यक्ष पोमूको अध्यक्षतामा सम्पन्न भएको पूर्ण खोप सुनिश्चित पालिका घोषणा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शान्ता कुमारी आङबुहाङ, जनस्वास्थ्य प्रमुख कुल बहादुर पौडेल लगायतको उपस्थित रहेको थियो ।

एउटा नगरपालिका र आठ वटा गाउँपालिका भएको ताप्लेजुङको सिदिङ्वा गाउँपालिका यस अघि नै पूर्ण खोप सुनिश्चित पालिका घोषणा भइ सकेको छ । यो सँगै ताप्लेजुङका दुई वटा पालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको हो ।

प्रकाशित मिति : 6:40 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा