जिल्ला अस्पताल ताप्लेजुङलाई एइडी मेसिन प्रदान 



ताप्लेजुङ ।  जिल्ला अस्पताल ताप्लेजुङलाई स्वचालित बाह्य डिफिब्रिलेटर (एइडी) मेसिन प्रदान गरिएको छ । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामको पहलमा सङ्घीय सरकारको सहयोगमा उक्त मेसिन प्रदान गरिएको हो ।

सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसँगको समन्वयमा प्राप्त भएको स्वास्थ्य सामग्री मन्त्री हाङ्गामले जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। प्रनाम जयरुलाई हस्तान्तरण गर्नुभएको छ । 

 हृदयघात जस्ता आपतकालीन स्वास्थ्य समस्या आइलागेमा उक्त एइडी मेसिन तुरुन्तै प्रयोग गर्न पाएमा ज्यान जाने जोखिम टर्न सक्ने बताइएको छ । दुर्गम जिल्लाको अस्पताललाई धेरै महत्त्वपूर्ण मेसिन प्राप्त भएकाले जिल्लावासीलाई थोरै भए पनि राहत मिलेको मन्त्री हाङ्गामले बताउनुभयो । 

प्रकाशित मिति : 4:51 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा