ताप्लेजुङमा चार महिनापछि हवाई उडान सुरु



ताप्लेजुङ । करिब चार महिनापछि ताप्लेजुङमा हवाई उडान सुरु भएको छ । गत मंसिर २८ गते देखि बन्द रहेको ताप्लेजुङको सुकेटार बिमास्थलमा आज (आइतबार) बाट हवाइ उडान सुरु भएको हो ।

 नेपाल वायु सेवा निगमको जहाजले आजबाट काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान सुरु गरेको छ । शुक्रबार तालिका तय भएपनि प्राविधिक समस्याका कारण आइतबारका लागि उडान सारिएको थियो । काठमाडौँबाट ५ जना यात्रु लिएर आएको नेपाल वायु सेवा निगम ताप्लेजुङका कर्मचारी कुमार गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार ताप्लेजुङबाट पुरुष ४ र महिला २ जना गरि जम्मा ६ जना काठमाडौँ प्रस्थान गरेका छन् ।

 गत चैत १६ गते शनिबारदेखि उडान गर्ने तालिका अनुसार जहाज आएपनि अवतरण हुन नसकेपछि जहाज पुन काठमाडौँ फर्किएको थियो । जसका कारण १० जना यात्रु लिएर आएको जहाज भिजिबिलिटी कम भएकाले अवतरण हुन सकेको थिएन । सो उडान सफल हुन नसक्दा ताप्लेजुङबाट उपचारका लागि काठमाडौँबाट हिँडेका ४ जना यात्रु प्रभावित भएका थिए ।

 नेपाल वायु सेवा निगमको दुई वटा जहाज ग्राउण्डेड भएपछि चार महिनादेखि हवाई उडान ठप्प भएको थियो । तत्कालका लागि हाल सातामा एक दिन मात्रै उडान तय भएको थियो । आगामी उडान तालिका तत्काल आई नसकेको निगमले जनाएको छ । सातामा एक दिनमा उडान तालिका राख्दै आएको र बैशाखपछि थप गरिने तयारीमा रहेको बताइएको छ ।

 मौसमका कारण पटक–पटक जहाज अवतरण हुन नसक्दा आवतजावत गर्ने यात्रुको सङ्ख्यामा कमी भएको निगमले उल्लेख गरेको छ । अवतरण  अनिश्चित बन्दा यात्रुको सङ्ख्यामा कमी आउने गरेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८१, आईतवार ०८:३०

स्थानीयको विरोध रहेको अपर तमोर हाइड्रोपावरमा तोडफोड

ताप्लेजुङ। स्थानीयले विरोध जनाई रहेको ताप्लेजुङमा निर्माणधीन अपर तमोर हाइड्रोपावरको

ताप्लेजुङमा प्रहरी हत्या गरी फरार व्यक्ति १३ वर्ष पछि पक्राउ

साहारा लिम्बू फुङ्लिङ, साउन १६ गते । ताप्लेजुङमा ज्यान मार्ने उद्योगमा

ताप्लेजुङ गोल्डकपको आकृति भानु जन माध्यमिक विद्यालयले बनाउने 

 ताप्लेजुङ । तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा यो वर्ष गोल्डकपको

वाइसिएल फक्ताङ्लुङ कमिटी अध्यक्षमा मिराक लिम्बू

ताप्लेजुङ । योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) फक्ताङ्लुङ गाउँपालिका कमिटी

ताप्लेजुङ गोल्डकपमा टिकट काट्ने दर्शकले स्मार्ट फोन पाउने

ताप्लेजुङ । तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा टिकट काट्ने दर्शकले