पाथिभरा मन्दिरमा एकै दिन सात हजार बढिले गरे दर्शन



ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा एकै दिन सात हजार बढिले दर्शन गरेका छन् । शनिबार एकै दिन सात हजार एक सय ४६ जना भक्तजनले पाथिभरा मन्दीको दर्शन गरेका हुन् ।

दशैँ तिहार पछि शनिबार सबैभन्दा धेरै दर्शनार्थी पाथिभरा मन्दिर पुगेको पाथिभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताउँनुभयो । उहाँका अनुसार यस अघि दशैँ तिहारको समयमा मात्र यो प्रकारको भिड लागेको थियो ।

बिहान ३ बजेदेखि नै लाइन लगाएर गराइएको पूजा करिब दिउसो तीन बजेसम्ममा सकिएको उहाँले बताउँनुभयो । पछिल्लो समय केबुलकार विवादका कारण बन्द हड्ताल भएकाले पाथिभरा मन्दिर आउने दर्शनार्थीको सङ्ख्या कम हुँदै गएको थियो । यस अघि फागुन महिनामा सात हजार ४२८ दर्शनार्थी पाथीभरा मन्दिर पुगेका थिए ।

यस्तै माघ महिनामा भने चार हजार २४९ दर्शनार्थीले मात्र मन्दिरको दर्शन गरेका थिए । तर, शनिबार भने यो सिजनै धेरै दर्शनार्थी पाथिभरा मन्दिर आएको पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । उहाँका अनुसार भोलि नवमीका दिन अझ धेरै आउने अपेक्षा गरिएको छ ।

यता हिजोदेखि पाथीभरा दर्शन गर्न आउने तीर्थयात्रीले ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार, काफ्ले पाटी र माथिल्लो फेदीको होटलहरू भरिभराउ भएको छ । क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार पाथीभरा दर्शन गर्ने तीर्थयात्रीले माथिल्लो फेदीका होटलहरू सोमबार सम्मका लागि बुक गरिसकेका छन् ।

सदरमुकाम फुङलिङका धेरै जसो होटलहरू पनि शुक्रबारदेखि २५ गते सम्म होटल बुक भई सकेको बताइएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शनिबार १७:२३

स्थानीयको विरोध रहेको अपर तमोर हाइड्रोपावरमा तोडफोड

ताप्लेजुङ। स्थानीयले विरोध जनाई रहेको ताप्लेजुङमा निर्माणधीन अपर तमोर हाइड्रोपावरको

ताप्लेजुङमा प्रहरी हत्या गरी फरार व्यक्ति १३ वर्ष पछि पक्राउ

साहारा लिम्बू फुङ्लिङ, साउन १६ गते । ताप्लेजुङमा ज्यान मार्ने उद्योगमा

ताप्लेजुङ गोल्डकपको आकृति भानु जन माध्यमिक विद्यालयले बनाउने 

 ताप्लेजुङ । तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा यो वर्ष गोल्डकपको

वाइसिएल फक्ताङ्लुङ कमिटी अध्यक्षमा मिराक लिम्बू

ताप्लेजुङ । योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) फक्ताङ्लुङ गाउँपालिका कमिटी

ताप्लेजुङ गोल्डकपमा टिकट काट्ने दर्शकले स्मार्ट फोन पाउने

ताप्लेजुङ । तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा टिकट काट्ने दर्शकले