छैटौँ ताप्लेजुङ बज्र गुरु मन्त्रजप सुरु (फोटो फिचर)



ताप्लेजुङ । छैटौँ ताप्लेजुङ बज्र गुरु मन्त्रजप कार्यक्रम सुरु भएको छ । विश्व शान्ति र मानव एकताका लागि ताप्लेजुङको फुङलिङ नगरपालिका ९ सुकेटारमा ३ दिने वृहत ताप्लेजुङ बज्र गुरु मन्त्रजप कार्यक्रम शनिबारबाट सुरु भएको हो । 

भारतका प्रमुख लामा कुन्दोलिङ ताक्छक रिन्पोछेको उपस्थितिमा मन्त्रजप सुरु भएको छ । प्रमुख लामा कुन्दोलिङ ताक्छक रिन्पोछे शुक्रबार ताप्लेजुङ आइपुग्नुभएको बज्र गुरु मन्त्रजप मूल आयोजक समितिका सचिव पासाङरिता शेर्पाले बताउनुभयो । 

मन्त्रजप गर्दा आफ्नो मन शुद्ध भई सबै प्रकारका पुण्य लाभ प्राप्त हुने र गुरु पद्म लिला सम्भवको प्रार्थना गरेमा सबै प्रकारका बिघ्नबाधा समाप्त भई सुख शान्तिका साथै मनोकामना पुरा हुने विश्वास रहेको छ । बि. सं. २०७३ सालबाट सुरु भएको मन्त्रजप कार्यक्रम कोभिड महामारीको समयमा ३ वर्ष स्थगित भएको थियो । त्यस पश्चात पुन निरन्तर मन्त्रजप कार्यक्रम हुँदै आइरहेको छ । 

कार्यक्रमको समापन चैत २५ गते हुने बज्र गुरु मन्त्रजप मूल आयोजक समितिले जनाएको छ । कार्यक्रममा बुद्ध भगवानको अस्तु धातु रिङसेल राखिएको छ । 

तस्विर : साहारा लिम्बू
 

प्रकाशित मिति : 2:33 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका