१६औं राष्ट्रिय बिभूति फाल्गुनन्दको स्मृति दिवसको दिन ताप्लेजुङमा १०८ दीप प्रज्वलन



ताप्लेजुङ। नेपालको १६औं राष्ट्रिय बिभूति फाल्गुनन्द लिङ्देनको स्मृति दिवसको दिन ताप्लेजुङको फुङलिङ बजारमा १०८ दीप प्रज्वलन गरिएको छ । राष्ट्रिय बिभूति फाल्गुनन्दको ७७औं स्मृति दिवसको दिन तोक्मेमा रहेको फाल्गुनन्दको सालिकमा उक्त दीप प्रज्वलन गरिएको हो । 

किरात धर्म तथा साहित्य उत्थान सङ्घ जिल्ला ताप्लेजुङले फाल्गुनन्दको स्मृति दिवसको दिन शान्ति मानव एकता तथा सकल प्राणी रक्षाका लागि उक्त दीप प्रज्वलन गरिएको जनाएको छ ।  फाल्गुनन्दको जन्म वि.सं. १९४२ कात्तिक २५ गते इलाम चारखोलाको चुक्चिनाम्बामा भएको थियो । उहाँलाई किरात समुदायमा ’महागुरु फाल्गुनन्द’ का नामबाट चिनिन्छन् । समाज सुधारका रुपमा अपरिचत फाल्गुनन्दको निधन २००५ चैत २२ गते भएको थियो । 

लिङदेनलाई  नेपाल सरकारले २०६६ साल मंसिर १६ गते  १६ औ राष्ट्रिय विभूतिको रुपमा घोषणा गरेको हो । नेपाल सरकारले उनको  स्मरणमा २०५० सालमा हुलाक टिकट प्रकाशनमा ल्याएर  सम्मान  गरेको छ । 

प्रकाशित मिति : 8:14 pm

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले

ताप्लेजुङमा काँग्रेसबाट गजेन्द्र प्रसाद तुम्याहाङको उम्मेदवारी पक्का

रेडियो काबेलीताप्लेजुङ । आगामी फाल्गुन २१ गते हुने प्रतिनीधिसभा निर्वाचनका

प्रथम माघेमेला गोल्ड कप : उपाधिका लागि आयोजक र लालीगुँरास भिड्दै

ताप्लेजुङ, माघ ५ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम