ताप्लेजुङमा शैक्षिक सत्र २०८२ का लागि पाठ्यपुस्तक बिक्री वितरण सुरु



ताप्लेजुङ । ताप्लेजुङमा शैक्षिक सत्र २०८२ का लागि पाठ्यपुस्तक बिक्री वितरण सुरु भएको छ । जिल्लामा ल्याइएको कक्षा एक देखि दश सम्मको सामुदायिक विद्यालयका पाठ्यपुस्तक र कक्षा सातसम्मको अङ्ग्रेजी ट्रान्सलेट पाठ्यपुस्तक शुक्रबारबाट बिक्री वितरण सुरु भएको हो ।

शैक्षिक सत्र सुरु हुनु अघि नै पुस्तक बिक्री वितरणको कार्य सुरु गरिएको नेपाल पुस्तक व्यवसायी महासङ्घ ताप्लेजुङका अध्यक्ष ज्ञानप्रसाद मिश्रले बताउँनुभयो । उहाँका अनुसार शुक्रबार तीन वटा विद्यालयलाई पुस्तक वितरण गरिएको छ । स्थानीय लिम्बू भाषा आनीपानको पुस्तक पनि आइसकेको र उक्त पुस्तकको समेत बिक्री वितरण सुरु गरिएको मिश्रको भनाइ छ ।

कक्षा एक देखि दश सम्मका कुल एक हजार पाँच सय सेट पुस्तक आइपुगेको नेपाल पुस्तक व्यवसायी महासङ्घ ताप्लेजुङले जनाएको छ । यस्तै कक्षा सातसम्मको अङ्ग्रेजी अनुवाद पुस्तक पाँच सय सेट र लिम्बू भाषा अनिपानको पाँच सय सेट आइपुगेको छ । जिल्लामा हाल तीन सय ३० वटा सामुदायिक विद्यालय छन् ।

शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका अनुसार उक्त सङ्ख्यामा रहेका विद्यालयमध्ये ६१ वटा माध्यमिक तहका छन् । बाँकी एक देखि तीन, एक देखि पाँच र एक देखि आठ कक्षा सञ्चालित आधारभूत तहका विद्यालय रहेका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार १९:३९

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा

ताप्लेजुङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा

कोलेनिका ताप्लेजुङको नवनिर्मित भवन उद्घाटन

रेडियो काबेलीताप्लेजुङ । कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ताप्लेजुङको

ताप्लेजुङका तीन गाउँपालिकाले जनाए मिलेर अघि बढ्ने प्रतिवद्धता

ताप्लेजुङ । अब ताप्लेजुङका तीन वटा गाउँपालिका एक आपसमा सहमति

 जिल्ला अस्पताल ताप्लेजुङलाई एइडी मेसिन प्रदान 

ताप्लेजुङ ।  जिल्ला अस्पताल ताप्लेजुङलाई स्वचालित बाह्य डिफिब्रिलेटर (एइडी) मेसिन

ताप्लेजुङमा चार महिनापछि हवाई उडान सुरु

ताप्लेजुङ । करिब चार महिनापछि ताप्लेजुङमा हवाई उडान सुरु भएको