ताप्लेजुङमा शैक्षिक सत्र २०८२ का लागि पाठ्यपुस्तक बिक्री वितरण सुरु



ताप्लेजुङ । ताप्लेजुङमा शैक्षिक सत्र २०८२ का लागि पाठ्यपुस्तक बिक्री वितरण सुरु भएको छ । जिल्लामा ल्याइएको कक्षा एक देखि दश सम्मको सामुदायिक विद्यालयका पाठ्यपुस्तक र कक्षा सातसम्मको अङ्ग्रेजी ट्रान्सलेट पाठ्यपुस्तक शुक्रबारबाट बिक्री वितरण सुरु भएको हो ।

शैक्षिक सत्र सुरु हुनु अघि नै पुस्तक बिक्री वितरणको कार्य सुरु गरिएको नेपाल पुस्तक व्यवसायी महासङ्घ ताप्लेजुङका अध्यक्ष ज्ञानप्रसाद मिश्रले बताउँनुभयो । उहाँका अनुसार शुक्रबार तीन वटा विद्यालयलाई पुस्तक वितरण गरिएको छ । स्थानीय लिम्बू भाषा आनीपानको पुस्तक पनि आइसकेको र उक्त पुस्तकको समेत बिक्री वितरण सुरु गरिएको मिश्रको भनाइ छ ।

कक्षा एक देखि दश सम्मका कुल एक हजार पाँच सय सेट पुस्तक आइपुगेको नेपाल पुस्तक व्यवसायी महासङ्घ ताप्लेजुङले जनाएको छ । यस्तै कक्षा सातसम्मको अङ्ग्रेजी अनुवाद पुस्तक पाँच सय सेट र लिम्बू भाषा अनिपानको पाँच सय सेट आइपुगेको छ । जिल्लामा हाल तीन सय ३० वटा सामुदायिक विद्यालय छन् ।

शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका अनुसार उक्त सङ्ख्यामा रहेका विद्यालयमध्ये ६१ वटा माध्यमिक तहका छन् । बाँकी एक देखि तीन, एक देखि पाँच र एक देखि आठ कक्षा सञ्चालित आधारभूत तहका विद्यालय रहेका छन् ।

प्रकाशित मिति : 7:39 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी