छैटौँ ताप्लेजुङ बज्र गुरु मन्त्रजप कार्यक्रमका प्रमुख लामा कुन्दोलिङ ताक्छक रिन्पोछेलाई ताप्लेजुङमा स्वागत (फोटो फिचर)



ताप्लेजुङ । ताप्लेजुङमा भारतका विश्व प्रख्यात प्रमुख लामा कुन्दोलिङ ताक्छक रिन्पोछेलाई स्वागत गरिएको छ । शनिबारबाट सुरु हुने छैटौँ ताप्लेजुङ बज्र गुरु मन्त्रजप कार्यक्रमका लागि ताप्लेजुङ आउनु भएका प्रमुख लामा रिन्पोछेलाई स्वागत गरिएको हो । 

इलामबाट ताप्लेजुङ आउनुभएका प्रमुख लामा रिन्पोछेलाई स्वागतको क्रममा टासी सोल्पा नृत्य प्रस्तुत गरिएको थियो । विश्व शान्ति र मानव एकताका लागि ताप्लेजुङको फुङलिङ नगरपालिका ९ सुकेटारमा ३ दिने वृहत ताप्लेजुङ बज्र गुरु मन्त्रजप कार्यक्रम हुँदै छ । 

मन्त्रजपमा करिब २० हजार श्रद्धालु भक्तजनहरूको उपस्थिति रहने बताइएको छ । बि. सं. २०७३ सालबाट सुरु भएको मन्त्रजप कार्यक्रम कोभिड महामारीको समयमा ३ वर्ष स्थगित भएको थियो । त्यस पश्चात पुन निरन्तर मन्त्रजप कार्यक्रम हुँदै आइरहेको छ ।

२३ गते बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म मन्त्रजप तथा पुजा र मध्यान्ह १२ बजेदेखि ५ बजेसम्म प्रवचन सहित आगम प्रदान गरिनेछ । त्यस्तै चैत २४ गते बिहान मन्त्रजप र १ बजेदेखि साँझ ५ बजेसम्म प्रवचन सहित आगम प्रदान गर्ने तयारी भइरहेको छ । कार्यक्रमको अन्तिम दिन चैत २५ गते परम श्रद्धेय रिन्पोछेबाट प्रवचन, श्वेत ताराको आयु अभिषेक गर्ने सचिव शेर्पाको भनाई छ । समितिका अनुसार कार्यक्रम अवधि भरि नै बुद्ध भगवानको अस्तु धातु रिङसेल दर्शन गराइने छ ।

प्रकाशित मिति : 3:23 pm

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले

ताप्लेजुङमा काँग्रेसबाट गजेन्द्र प्रसाद तुम्याहाङको उम्मेदवारी पक्का

रेडियो काबेलीताप्लेजुङ । आगामी फाल्गुन २१ गते हुने प्रतिनीधिसभा निर्वाचनका