सिकाईमैत्री बिद्यालय निर्माण गर्न मैवाखोलामा सिकाईमैत्री कार्यशाला सुरु




रेडियो काबेली
ताप्लेजुङ । गुणस्तरीय शिक्षाका लागि सिकाईमैत्री बिद्यालयहरु निर्माण गर्न जिल्लाको मैवाखोला गाउँपालिकाले सिकाईमैत्री कार्यशाला सुरु गरेको छ । पालिकाले कक्षा १–८ सम्मका विषय शिक्षकहरुलाई सीकाईमैत्री सिकाई वातावरण निर्माणका लागि क्रियाकलापमा आधारित ५ दिने शिक्षण सिकाई कार्याशाला बिहिबारबाट सुरु गरेको हो ।

पालिका अध्यक्ष विजय प्रकाश वनेमका अनुसार कार्यशालाको सहजीकरण विषय बिज्ञ अर्जुन भट्ट, बृहत राष्ट्रिय शिक्षा अभियान नेपालका संयोजक अभिषेक घिमिरे र कमला देबकोटाले गरि रहनु भएको छ । उहाँका अनुसार कार्याशालाको समापन पछि आगामी चैत्र २७ गते आम अभिभावकहरु, शिक्षक तथा बुद्धिजिवीहरु र विधार्थीहरुको उपस्थितिमा बृहत र ऐतिहासिक रूपमा सीपमा आधारित सिकाई मेला समेत हुनेछ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न लागि परेको गाउँपालिकाले गत वर्षको जेठमा बृहत शैक्षिक सम्मेलन गरेको थियो भने पालिकाले ५वर्षे शैक्षिक रणनीति बनाएर काम गरि रहेको छ ।

प्रकाशित मिति : 8:56 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम