भारत सरकारको सहयोगमा मिक्वाखोलामा विद्यालय भवन बन्ने



रेडियो काबेली
ताप्लेजुङ ।
जिल्लाको मिक्वाखोला गाउँपालिकामा भारत सरकारको सहयोगतमा विद्यालय भवन बन्ने भएको छ । भारत सरकारको सहयोगमा सञ्चालित उच्च प्रभावयुक्त सामुदायिक परियोजना (एचआईसिडिपिएस) मार्फत पालिकाको वडा नं. ४ स्थित साँबा माध्यमिक विद्यालयको भवन निर्माण हुने भएको हो । पालिका अध्यक्षका स्वकीय सचिव घनेन्द्र थापाका अनुसार भारत सरकारको सहयोगमा चार करोड २९ लाख ११ हजार २९० रुपियाँको लागतमा ३ तले भवन निर्माण हुनेछ । कुल लागत रकममध्ये पाँच प्रतिशत गाउँपालिकाले बेहोर्नेछ ।

गाउँपालिका अध्यक्ष कार्कीको प्रस्ताव र पहलमा भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण हुने भएपछि भारतीय राजदूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र मिक्वाखोला गाउँपालिकाबिच मङ्गलबार सम्झौता भएको छ । भारतीय राजदूतावासका विकास साझेदार सल्लाहकार अभिनासकुमार सिंह, मन्त्रालयका उपसचिव महेन्द्रकुमार सापकोटा र गाउँपालिका अध्यक्ष कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

प्रकाशित मिति : 8:36 pm

दोभानका अग्निपीडितलाई राहत र अस्थायी बासस्थानको माग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

देउवा समूहको महाधिवेशनका लागि ताप्लेजुङमा प्रतापप्रकाश हाङ्गामलाई खटाइयो

ताप्लेजुङ, असोज १० गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा

दोभानका अग्निपीडितलाई मेरिङदेन गाउँपालिद्धारा प्रारम्भिक राहत वितरण

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण