भारत सरकारको सहयोगमा मिक्वाखोलामा विद्यालय भवन बन्ने



रेडियो काबेली
ताप्लेजुङ ।
जिल्लाको मिक्वाखोला गाउँपालिकामा भारत सरकारको सहयोगतमा विद्यालय भवन बन्ने भएको छ । भारत सरकारको सहयोगमा सञ्चालित उच्च प्रभावयुक्त सामुदायिक परियोजना (एचआईसिडिपिएस) मार्फत पालिकाको वडा नं. ४ स्थित साँबा माध्यमिक विद्यालयको भवन निर्माण हुने भएको हो । पालिका अध्यक्षका स्वकीय सचिव घनेन्द्र थापाका अनुसार भारत सरकारको सहयोगमा चार करोड २९ लाख ११ हजार २९० रुपियाँको लागतमा ३ तले भवन निर्माण हुनेछ । कुल लागत रकममध्ये पाँच प्रतिशत गाउँपालिकाले बेहोर्नेछ ।

गाउँपालिका अध्यक्ष कार्कीको प्रस्ताव र पहलमा भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण हुने भएपछि भारतीय राजदूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र मिक्वाखोला गाउँपालिकाबिच मङ्गलबार सम्झौता भएको छ । भारतीय राजदूतावासका विकास साझेदार सल्लाहकार अभिनासकुमार सिंह, मन्त्रालयका उपसचिव महेन्द्रकुमार सापकोटा र गाउँपालिका अध्यक्ष कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

प्रकाशित मिति : 8:36 pm

फङफङदेन झरनामा सम्पन्न अलैँची कपको उपाधि मरिक एफसीलाई

ताप्लेजुङ, मङ्सिर ६ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका –४, साँवास्थित

अलैँची कपको उपाधिका लागि फेदाप र मरिक भिड्ने

ताप्लेजुङ, मङ्सिर ६ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४, साँवास्थित पर्यटकीय

निःशुल्क आँखा शिविरको पहिलो दिन ६८ जनाको शल्यक्रिया

ताप्लेजुङ, मङ्सिर ६ गते । विश्वविख्यात नेत्ररोग विशेषज्ञ डाक्टर सन्दुक

ताप्लेजुङमा सुविधासम्पन्न आँखा शल्यक्रिया कक्ष

ताप्लेजुङ, मङ्सिर ५ गते । ताप्लेजुङको डिचेन डोङ्गला स्मारक आँखा

पाथीभराबारे तीन भाषामा पुस्तक प्रकाशन

ताप्लेजुङ, मङ्सिर ५ गते । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा