भारत सरकारको सहयोगमा मिक्वाखोलामा विद्यालय भवन बन्ने



रेडियो काबेली
ताप्लेजुङ ।
जिल्लाको मिक्वाखोला गाउँपालिकामा भारत सरकारको सहयोगतमा विद्यालय भवन बन्ने भएको छ । भारत सरकारको सहयोगमा सञ्चालित उच्च प्रभावयुक्त सामुदायिक परियोजना (एचआईसिडिपिएस) मार्फत पालिकाको वडा नं. ४ स्थित साँबा माध्यमिक विद्यालयको भवन निर्माण हुने भएको हो । पालिका अध्यक्षका स्वकीय सचिव घनेन्द्र थापाका अनुसार भारत सरकारको सहयोगमा चार करोड २९ लाख ११ हजार २९० रुपियाँको लागतमा ३ तले भवन निर्माण हुनेछ । कुल लागत रकममध्ये पाँच प्रतिशत गाउँपालिकाले बेहोर्नेछ ।

गाउँपालिका अध्यक्ष कार्कीको प्रस्ताव र पहलमा भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण हुने भएपछि भारतीय राजदूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र मिक्वाखोला गाउँपालिकाबिच मङ्गलबार सम्झौता भएको छ । भारतीय राजदूतावासका विकास साझेदार सल्लाहकार अभिनासकुमार सिंह, मन्त्रालयका उपसचिव महेन्द्रकुमार सापकोटा र गाउँपालिका अध्यक्ष कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

प्रकाशित मिति : 8:36 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम