छैटौँ ताप्लेजुङ बज्र गुरु मन्त्रजप कार्यक्रमको तयारी पुरा



ताप्लेजुङ । शनिबारबाट सुरु हुने छैटौँ ताप्लेजुङ बज्र गुरु मन्त्रजप कार्यक्रमको तयारी पुरा भएको छ । विश्व शान्ति र मानव एकताका लागि ताप्लेजुङको फुङलिङ नगरपालिका ९ सुकेटारमा ३ दिने वृहत ताप्लेजुङ बज्र गुरु मन्त्रजप कार्यक्रमको तयारी पुरा भएको हो ।

बज्र गुरु मन्त्रजप मूल आयोजक समितिका सचिव पासाङरिता शेर्पाका अनुसार भारतका विश्व प्रख्यात प्रमुख लामा कुन्दोलिङ ताक्छक रिन्पोछेको उपस्थितिमा मन्त्रजप गरिने छ । प्रमुख लामा कुन्दोलिङ ताक्छक रिन्पोछेलाई शुक्रबार काबेलीबाट स्वागत गरि ताप्लेजुङको फुङलिङ बजार विरेन्द्र चोकमा स्वागत कार्यक्रम गरि कार्यक्रम स्थलमा लगिने छ । स्वगत कार्यक्रममा टासी सोल्पा नृत्य प्रस्तुत गरिने मूल आयोजक समितिका सदस्य दावा शेर्पाले बताउनुभयो । 

मन्त्रजपमा करिब २० हजार श्रद्धालु भक्तजनहरूको उपस्थिति रहने बताइएको छ । बि. सं. २०७३ सालबाट सुरु भएको मन्त्रजप कार्यक्रम कोभिड महामारीको समयमा ३ वर्ष स्थगित भएको थियो । त्यस पश्चात पुन निरन्तर मन्त्रजप कार्यक्रम हुँदै आइरहेको छ ।

२३ गते बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म मन्त्रजप तथा पुजा र मध्यान्ह १२ बजेदेखि ५ बजेसम्म प्रवचन सहित आगम प्रदान गरिनेछ । त्यस्तै चैत २४ गते बिहान मन्त्रजप र १ बजेदेखि साँझ ५ बजेसम्म प्रवचन सहित आगम प्रदान गर्ने तयारी भइरहेको छ । कार्यक्रमको अन्तिम दिन चैत २५ गते परम श्रद्धेय रिन्पोछेबाट प्रवचन, श्वेत ताराको आयु अभिषेक गर्ने सचिव शेर्पाको भनाई छ । समितिका अनुसार कार्यक्रम अवधि भरि नै बुद्ध भगवानको अस्तु धातु रिङसेल दर्शन गराइने छ ।

मन्त्रजप गर्दा आफ्नो मन शुद्ध भई सबै प्रकारका पुण्य लाभ प्राप्त हुने र गुरु पद्म लिला सम्भवको प्रार्थना गरेमा सबै प्रकारका बिघ्नबाधा समाप्त भई सुख शान्तिका साथै मनोकामना पुरा हुने विश्वास रहेको छ । कार्यक्रममा करिब ६० लाख बढी खर्च हुने आयोजकको अनुमान रहेको छ । गत वर्ष ६८ लाखभन्दा बढी खर्च भएको थियो । गत वर्ष स्टेज निर्माणमा करिब १० लाख खर्च भएको थियो ।

१० वर्षसम्मका लागि सोही क्षेत्रमा मन्त्रजप कार्यक्रम गर्ने गरि स्टेज लगायतको व्यवस्थापनमा खर्च भएको थियो । यस वर्षदेखि स्टेज व्यवस्थापनमा खर्च गरिरहनु नपर्ने भएकोले गत वर्षको तुलनामा कम खर्च हुने समितिका अध्यक्ष फुपु छेम्बे शेर्पा (थुप्देन जिग्डोल) ले बताउनुभयो । मन्त्रजप कार्यक्रमको व्यवस्थापनका लागि भक्तजनहरू मार्फत प्राप्त हुने दक्षिणा नै प्रमुख श्रोत हुने बताइएको छ ।

मन्त्रजप कार्यक्रममा बिहानको खाना व्यवस्थापन गर्न चाहनेका लागि ३५ हजार रुपियाँ, बेलुकाको व्यवस्थापन गर्न चाहनेका लागि ३० हजार रुपियाँ र एक दिनको लागि १ लाख १० हजार रुपियाँ दर निर्धारण गरिएको समितिका सचिव शेर्पाले बताउनुभयो ।

प्रकाशित मिति : २० चैत्र २०८१, बिहीबार १८:४९

स्थानीयको विरोध रहेको अपर तमोर हाइड्रोपावरमा तोडफोड

ताप्लेजुङ। स्थानीयले विरोध जनाई रहेको ताप्लेजुङमा निर्माणधीन अपर तमोर हाइड्रोपावरको

ताप्लेजुङमा प्रहरी हत्या गरी फरार व्यक्ति १३ वर्ष पछि पक्राउ

साहारा लिम्बू फुङ्लिङ, साउन १६ गते । ताप्लेजुङमा ज्यान मार्ने उद्योगमा

ताप्लेजुङ गोल्डकपको आकृति भानु जन माध्यमिक विद्यालयले बनाउने 

 ताप्लेजुङ । तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा यो वर्ष गोल्डकपको

वाइसिएल फक्ताङ्लुङ कमिटी अध्यक्षमा मिराक लिम्बू

ताप्लेजुङ । योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) फक्ताङ्लुङ गाउँपालिका कमिटी

ताप्लेजुङ गोल्डकपमा टिकट काट्ने दर्शकले स्मार्ट फोन पाउने

ताप्लेजुङ । तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा टिकट काट्ने दर्शकले