मिक्वाखोलाको दलैँचामा सडक पुगेपछि स्थानीय खुसी




रेडियो काबेली
ताप्लेजुङ ।
जिल्लाको मिक्वाखोला गाउँपालिका वडा ४ दलैचामा सडक सञ्जाल जोडिएको छ । निर्माणाधीन अप्पर मेवा हाईड्रो र पालिकाको संयुक्त पहलमा सडक सञ्जाल पु¥याईएको हो । पालिका अध्यक्ष भक्त बहादुर कार्कीका अनुसार साविक साँबा गाउँविकास समितीको वडा नं. १ दलैचा एकदमै विकट ठाउँ रहेको र स्थानीयले सास्ती खेपी रहेको अवस्थामा स्थानीयको सहजताको लागि सडक पु¥याईएको हो ।

अप्पर मेवा हाईड्रो र पालिकाको संयुक्त रुपमा करिब डेढ करोड रुपैँयाको लागतमा दलैँचामा सडक पु¥याई सकेपछि पालिकाका सबै गाउँमा सडक सञ्जाल पुगेको पालिका अध्यक्ष कार्कीको भनाई छ । सडक पुगेसँगै स्थानीयबासी भने खुसि भएका छन् । शनिबार पालिका अध्यक्ष कार्की सहित वडा न .४ का वडा सदस्य सुर्य लिम्बू, फुपुतेन्जि शेर्पा सहित हाईड्रोपावरका प्रतिनिधि र दलैचाबासिहरुले खुसियाली साटासाट गरेका छन् ।

यसैबिच दलैँचा आधारभुत विद्यालयका शिक्षक अम्बर साँबाले सडक पुगेकोमा खुसी व्यक्त गर्नुभयो । यस अघि यसै वर्ष पालिको विकट गाउँहरु सिम्बुक, किलिङ र काँडेमा सडक पु¥याईएको थियो ।

प्रकाशित मिति : 10:30 am

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम