ताप्लेजुङमा पौडी खेल्ने क्रममा डुबेर ६ वर्षीया बालिकाको मृत्यु



ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा डुबेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरिजङ्घा गाउँपालिका ५ खेसेवाका स्थानीय ताराहाङ माबोको छोरी ईतुङना माबो रहेका छन् ।

सिमेन्ट प्लास्टर गरेको पानी ट्याङ्कीमा पौडी खेल्ने क्रममा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावलले जानकारी दिनुभयो । उहाँका अनुसार बालिकाको शुक्रबार घरदेखि नजिकै रहेको ट्याङ्कीमा डुबी रहेको अवस्थामा स्थानीयले फेला पारेका थिए ।

उपचारका लागि तत्काल प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक दुर्गा खनालको नेतृत्वमा खटेको प्रहरीको टोलीले कानुनी प्रक्रिया पूरा गरी शव आफन्तलाई जिम्मा लगाएको प्रनाउ रावलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 5:34 pm

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

समाजसेवी गुरुङ दम्पतीद्वारा एक लाख बढि रकम अक्षयकोषमा जम्मा

ताप्लेजुङ, चैत्र १ गते । समाजसेवी दम्पतीले विपन्न तथा असहाय

आठराई त्रिवेणीले अनुदानमा कृषि कार्यक्रम सञ्चालन गर्ने

ताप्लेजुङ, चैत २ गते । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले अनुदानमा

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ