ताप्लेजुङका डीएसपी रवि रावललाई सम्मान



ताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावललाई उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै सम्मान सहित पुरस्कृत गरिएको छ । ताप्लेजुङ पुग्नु भएका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले डीएसपी रावललाई सम्मान सहित पुरस्कृत गर्नुभएको हो ।

प्रहरी नायब महानिरीक्षक अधिकारीले रावल सँगै लामो समय सम्म दुर्गम जिल्ला ताप्लेजुङ तथा बिभिन्न इकाईहरुमा कार्यरत रही उत्कृष्ट कार्य गर्ने २० जना प्रहरी कर्मचारीहरूलाई पनि पुरस्कृत गर्नु भएको भएको छ । साथै उहाँले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको निरीक्षण तथा भ्रमण गर्नु भएको छ ।

साथै उहाँले धार्मिक स्थल, पर्यटकीय क्षेत्रको सम्भावना भएको पहाडी जिल्ला ताप्लेजुङमा लामो तथा छोटो दुरीको गस्ती परिचालन गरी शान्ति सुरक्षा, अपराध अनुसन्धान र नियन्त्रणका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गरी समाजमा घट्ने बिभिन्न प्रकारका अपराधका घटनाहरूलाई निरुत्साहित गर्न उच्च मनोबलका साथ लाग्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभएको छ ।

प्रकाशित मिति : 6:04 pm

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले