मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न



ताप्लेजुङ । ताप्लेजुङ जिल्ला स्तरीय मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिताको मेन्स डबल्स सिनियर्स तर्फ विकास तामाङ र लाक्पा शेर्पाको जोडी प्रथम हुनुभएको छ । उहाँहरूले रबिन साउदेन र सन्जुहाङ साउदेनको जोडीलाई पराजित गर्दै तामाङ र शेर्पाको जोडी प्रथम हुनुभएको हो ।

प्रथम बनेको तामाङ र शेर्पाको जोडीले ट्रफीसहित २० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभएको छ । उपविजेता बन्नुभएको साउदेनद्धयले १५ हजार रुपियाँ नगद पुरस्कारमा चित्त बुझाउनुपरेको छ । यस्तै, मेन्स डबल जुनियर तर्फ विकास थेबे र आशिष विष्टको जोडी प्रथम हुनुभएको छ । उहाँहरूले डेबिट गुरुङ र रविन सुनुवारको जोडीलाई पराजित गर्दै प्रथम बन्नुभएको हो । उहाँहरूले १६ हजार रुपियाँ हात पार्नुभएको छ । यस्तै दोस्रो बन्नुभएको गुरुङ र सुनुवारले १२ हजार रुपियाँमा चित्त बुझाउनु परेको छ ।

भेट्रान्सतर्फ गजेन्द्र थलङ र सन्तोष चोङबाङको जोडी प्रथम हुनुभएको छ । उहाँहरूले इन्द्र कुमार गुरुङ र किशोर राईको जोडीलाई पराजित गर्दै प्रथम हुनुभएको हो । प्रथम र दोस्रो बन्नुभएको उहाँहरूले क्रमश १६ हजार र १२ हजार रुपियाँ प्राप्त गर्नुभएको छ । यस्तै कर्मचारी तथा जनप्रतिनिधि तर्फ सोजीत श्रेष्ठ र लक्षुमण घतानीको जोडी प्रथम हुनुभएको छ । उहाँहरूले नरेश महर्जन र युगमणि सबेहाङलाई पराजित गर्दै प्रथम हुनुभएको हो । प्रथम हुनुहुने श्रेष्ठ र घतानीको जोडीले १६ हजार रुपियाँ प्राप्त गर्नु भएको छ भने दोस्रो हुनुहुने महर्जन र सबेहाङको जोडीले १२ हजार रुपियाँ प्राप्त गर्नुभएको छ ।

मेन्स सिङ्गल तर्फ मिलिन गुरुङ प्रथम हुनुभएको छ । उहाँले बसन्त कुमार गुरुङलाई पराजित गर्दै प्रथम हुनुभएको हो । उहाँले १२ हजार रुपियाँ प्राप्त गर्नुभएको छ । यस्तै दोस्रो बन्नुभएको गुरुङले ८ हजार पाँच सय रुपियाँ प्राप्त गर्नुभएको छ । ओमेन्स सिङ्गल तर्फ भावना देवी केदेम प्रथम हुनुभएको छ । उहाँले सरुना गुरुङलाई पराजित गर्दै प्रथम हुनुभएको हो । प्रथम हुनुहुने केदेमले १२ हजार रुपियाँ प्राप्त गर्नुभएको छ भने दोस्रो हुनुहुने गुरुङले आठ हजार पाँच सय रुपियाँ प्राप्त गर्नुभएको छ ।

साथै १५ वर्ष मुनिका पुरुष तर्फ रुद्र बहादुर प्रथम, करण लिम्बू दोस्रो र महिला तर्फ रोस्नी लिम्बू प्रथम, निरिसा लिम्बू दोस्रो हुनुभएको छ । दुवै विधाका प्रथम र द्वितीयलाई ब्याडमिन्टन र्‍याकेट सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । गत चैत ९ गतेबाट फुङलिङ नगरपालिकाको समन्वयमा जिल्ला ब्याडमिन्टन सङ्घ ताप्लेजुङले सुरु गरेको प्रतियोगिता आज सम्पन्न गरेको हो ।

प्रकाशित मिति : 5:50 pm

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

समाजसेवी गुरुङ दम्पतीद्वारा एक लाख बढि रकम अक्षयकोषमा जम्मा

ताप्लेजुङ, चैत्र १ गते । समाजसेवी दम्पतीले विपन्न तथा असहाय

आठराई त्रिवेणीले अनुदानमा कृषि कार्यक्रम सञ्चालन गर्ने

ताप्लेजुङ, चैत २ गते । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले अनुदानमा

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ