पाथीभरा मन्दिरमा गाडिएको मुक्कुम्लुङ तथा याग्राङसिङ नहटाई दिन याक्थुङ चुम्लुङ र युमा साम्योको आग्रह



ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिरमा केही दिन अघि गाडिएको मुक्कुम्लुङ (ढुंगा) तथा याग्राङसिङ अर्थात नौ तले फलामको भ¥याङ नहटाई दिन आग्रह गरेका छन् । आइतबार पाथीभरा क्षेत्र विकास समितिलाई पत्राचार गर्दै याक्थुङ चुम्लुङ र युमा साम्यो नेपालले पत्राचार गर्दै मुक्कुम्लङ तथा याग्राङसिङ नहटाई दिन अनुरोध गरेका हुन् ।

समितिले गत शुक्रबार सूचना जारी गर्दै मुक्कुम्लुङ तथा याग्राङसिङ गाड्ने व्यक्ति वा संस्थालाई ३ दिन भित्र सम्पर्कका आउन निर्देशन दिएको थियो । ३ दिन भित्र सम्पर्कमा नआए समिति आफैँले ती संरचना हटाउन बाध्य हुने समेत सूचना मार्फत जानकारी गराएको थियो ।

सोही अनुसार याक्थुङ चुम्लुङ जिल्ला कार्य समिति ताप्लेजुङ र युमा साम्यो नेपालले छुट्टाछुट्टै पत्राचार गर्दै संरचना नहटाउन आग्रह दुई ओटा संस्थाले आग्रह गरेको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार संस्थाको अनुरोधलाई तत्काल समितिको बैठकमार्फत थप पहल कदमी अगाडि बढाइने छ ।

प्रकाशित मिति : 6:07 pm

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले

ताप्लेजुङमा काँग्रेसबाट गजेन्द्र प्रसाद तुम्याहाङको उम्मेदवारी पक्का

रेडियो काबेलीताप्लेजुङ । आगामी फाल्गुन २१ गते हुने प्रतिनीधिसभा निर्वाचनका