ताप्लेजुङमा स्थायी नियुक्तिका लागि स्थानीय तह छनोट गर्न शिक्षकहरुलाई सात दिनको म्याद



ताप्लेजुङ । ताप्लेजुङमा प्राथमिक तह तृतीय श्रेणीमा स्थायी नियुक्तिका लागि सिफारिस भएका शिक्षकहरूले अध्यापन गर्न चाहने स्थानीय तह सात दिन भित्र छनोट गर्नु पर्ने भएको छ । स्थायी नियुक्तिका लागि सिफारिस भएर आएका १ सय ४ जना शिक्षकहरूले स्थानीय तह छनोट गर्नु पर्ने भएको हो ।

शिक्षकहरूले चैत १ गतेका मितिले ७ दिन भित्रमा स्थानीय तह छनौट गरिसक्नु पर्ने शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख युगमणि सवेहाङले बताउनुभयो । उहाँका अनुसार सिफारिस भएर आएका मध्ये सबैभन्दा बढी २३ जना सिरिजङ्गा गाउँपालिकामा नियुक्ति हुने भएका छन् । यस्तै सबैभन्दा कम ४ जना फुङलिङ नगरपालिकामा नियुक्ति हुने भएको छ ।

आठराई त्रिवेणी गाउँपालिकामा १५ जना, पाथीभरा याङवरक गाउँपालिका र फक्ताङलुङ गाउँपालिकामा १४–१४ जना, मिक्वाखोला गाउँपालिकामा १२ जना, मेरिङदेन गाउँपालिकामा १० जना, सिदिङ्वा गाउँपालिकामा ७ जना र मैवाखोला गाउँपालिकामा ५ जना नियुक्ति हुने भएको शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : 5:50 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा