केबलकारको विवादलाई समाधान गर्न वार्ताका लागि आन्दोलनरत पक्षलाई गृह मन्त्रालयले फेरी बोलायो



ताप्लेजुङ । ताप्लेजुङमा निर्माणाधीन केबलकारको विवादलाई समाधान गर्नका लागि गृह मन्त्रालयले फेरी आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेको छ । शुक्रबार फेरी एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरिएको हो ।

आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्यालाई वार्ता र संवादको माध्यमबाट समाधान गर्न मुक्कुमलुङ ताङ्सेप चुम्भो र मुक्कुमलुङ अन्तरदलीय सङ्घर्ष समिति ताप्लेजुङका प्रतिनिधिहरूलाई तत्काल वार्तामा आउन आग्रह गरिएको छ ।

केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानका लागि गत माघ २२ गृह मन्त्रालयद्वारा वार्ता टोली गठन गरिएको थियो । यस अघि फागु ९ गते र फागु १२ गते पनि गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेको थियो ।

आन्दोलनरत समूहले भने मन्त्रिस्तरीय वार्ता समिति निर्माण गरी आधिकारिक आह्वान पत्राचार गरिनुपर्ने, पक्राउ परेकाको रिहाइ, निर्माणकार्य बन्द, पाथीभरा क्षेत्रबाट सशस्त्र र जनपथ प्रहरी फिर्ता हुनुपर्ने माग यसअघि गरेका थिए । उक्त माग सँगै आन्दोलनरत पक्षले फागु २६ गते चरणबद्धको आन्दोलन घोषणा गरेका छन् । प्रहरीले ताप्लेजुङमा १८ जनालाई मुद्दा चलाएको छ । ‘नो केबलकार’ समूहले फागुन ६ गतेदेखि ८ गतेसम्म मुक्कुमलुङ पदयात्रा कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रमको अन्तिम दिन ८ गते केबुलकारको निर्माण स्थल काफ्लेपाटीमा नो केबुलकार समुह र प्रहरी बिच झडप भएको थियो ।

उक्त झडपको क्रममा प्रहरी, सवारी चालक र आन्दोलनरत पक्षसहित १३ जना घाइते भएका थिए भने, झडपलाई नियन्त्रणमा लिन प्रहरीले ७ राउन्ड अश्रु ग्यास समेत प्रहार गरेका थिए । काफ्लेपाटीमा विरोध प्रदर्शन गरी आन्दोलनरत समुह फागुन १० गते साँझदेखि सदरमुकाम केन्द्रित भएका थिए । फागुन १० गते साँझ फुङ्लिङ बजारमा नो केबलका समूह र प्रहरीबिच झडप हुँदा ११ प्रहरी र १२ आन्दोलनरत पक्ष सहित २३ जना घाइते भएका थिए ।

प्रकाशित मिति : 5:47 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा