ताप्लेजुङमा नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ



ताप्लेजुङ। ताप्लेजुङमा बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । १५ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा २३ वर्षीय पुरुष पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पीडित पक्षले दिएको जाहेरीका आधारमा आरोपित युवकलाई नियन्त्रणमा लिएको छ । आरोपित युवकले नाबालिकालाई विभिन्न डरत्रास देखाई गत कात्तिक २९ गते जबर्जस्ती करणी गरेको उजुरी परेको थियो ।

प्रहरीले निज युवकविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को व्यवस्थाअनुसार अनुसन्धान अघि बढाएको छ । जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार १८:०६

फुङलिङ नगरपालिकाकाद्वारा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ल्यापटपसहित सम्मान

ताप्लेजुङ। फुङलिङ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षामा सामुदायिक विद्यालयबाट उत्कृष्ट अङ्क

फुङलिङ नगरपालिकाले दियो अपाङ्गता भएका व्यक्तिलाई सहायता सामाग्री

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामाग्री

वाइसीएल नेपाल ताप्लेजुङको अध्यक्षमा माबो

ताप्लेजुङ । नेकपा ( माओवादी – केन्द्र)को भातृसङ्ठन योङ कम्युनिस्ट

नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठन ताप्लेजुङको अध्यक्षमा भट्टराई

ताप्लेजुङ । नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठन ताप्लेजुङको अध्यक्षमा बमबहादुर

लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घ ताप्लेजुङको अध्यक्षमा खिम्दिङ

ताप्लेजुङ । नेपाली कांग्रेस निकट निर्माण व्यवसायी सङ्गठन लोकतान्त्रिक निर्माण