ताप्लेजुङको मेहेलेमा आगलागी हुँदा ६ लाख क्षति



ताप्लेजुङ । ताप्लेजुङको मेहेलेमा आगलागी हुँदा ६ लाख रुपियाँको क्षति भएको छ । सिदिङबा गाउँपालिका ६ मेहेलेका स्थानीय हर्क तामाङको घरमा मङ्गलबार मध्यान्ह आगलागी हुँदा करिब ६ लाख रुपियाँको क्षति भएको हो ।

भान्सा घरमा चौपायाको लागि खोले पकाउने क्रममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट तामाङको ढुङ्गा माटोले निर्मित जस्ताको पाताले छाएको ३ तले घर जलेर नष्ट भएको छ ।

आगलागीको खबर प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी हवल्दार चन्द्र बहादुर विष्टको कमान्ड टोली खटाइएको थियो । सो टोलीको प्रयास करिब ३ बजे आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घर भित्र रहेको भाडा वर्तन, लत्ताकपडा, अन्नपात जलेर नष्ट भएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : 9:01 pm

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

समाजसेवी गुरुङ दम्पतीद्वारा एक लाख बढि रकम अक्षयकोषमा जम्मा

ताप्लेजुङ, चैत्र १ गते । समाजसेवी दम्पतीले विपन्न तथा असहाय

आठराई त्रिवेणीले अनुदानमा कृषि कार्यक्रम सञ्चालन गर्ने

ताप्लेजुङ, चैत २ गते । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले अनुदानमा

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ