ताप्लेजुङको मेहेलेमा आगलागी हुँदा ६ लाख क्षति



ताप्लेजुङ । ताप्लेजुङको मेहेलेमा आगलागी हुँदा ६ लाख रुपियाँको क्षति भएको छ । सिदिङबा गाउँपालिका ६ मेहेलेका स्थानीय हर्क तामाङको घरमा मङ्गलबार मध्यान्ह आगलागी हुँदा करिब ६ लाख रुपियाँको क्षति भएको हो ।

भान्सा घरमा चौपायाको लागि खोले पकाउने क्रममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट तामाङको ढुङ्गा माटोले निर्मित जस्ताको पाताले छाएको ३ तले घर जलेर नष्ट भएको छ ।

आगलागीको खबर प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी हवल्दार चन्द्र बहादुर विष्टको कमान्ड टोली खटाइएको थियो । सो टोलीको प्रयास करिब ३ बजे आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घर भित्र रहेको भाडा वर्तन, लत्ताकपडा, अन्नपात जलेर नष्ट भएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : 9:01 pm

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले

ताप्लेजुङमा काँग्रेसबाट गजेन्द्र प्रसाद तुम्याहाङको उम्मेदवारी पक्का

रेडियो काबेलीताप्लेजुङ । आगामी फाल्गुन २१ गते हुने प्रतिनीधिसभा निर्वाचनका