पाथीभरा क्षेत्रमा तीर्थयात्रीका लागि ४ स्थानमा शौचालय निर्माण



ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले शौचालय निर्माण तथा व्यवस्थापनमा तिव्रता दिएको छ । पाथीभरा मन्दिरको दर्शनका लागि आउने तीर्थयात्रीको सहजताका लागि समितिले शौचालय व्यवस्थापन र निर्माणको कार्यलाई तिव्रता दिएको हो ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार माथिल्लो फेदीदेखि पाथीभरा मन्दिरसम्मको पदमार्गको विभिन्न ४ वटा स्थानमा शौचालय निर्माण गरिएको छ । करिब ८४ लाखको बजेटमार्फत हरेक ठाउँमा ४ कोठे शौचालय निर्माण गरिएको उहाँले बताउनुभयो । विभिन्न स्थानमा कुल १६ वटा प्यान रहेको शौचालय निर्माण गरिएको समितिले जनाएको छ । पाथीभराको भेटीमार्फत दर्शनार्थीको सहजताका लागि शौचालय निर्माण गरिएको हो ।

पाथीभरा मन्दिर क्षेत्रका कर्मचारी प्रमुख राजेन्द्र महतका अनुसार चन्द्रमा ढुङ्गाको छेउमा १८ लाख रुपियाँ र ठुलो घण्टी रहेको स्थानदेखि करिब ५० मिटर तल २४ लाख रुपियाँको लागतमा शौचालय निमार्णको कार्य सम्पन्न भएका छन् । त्यस्तै हरियो पाटी छेउमा २० लाख र रमिते चौतारीको छेउमा २२ लाख रुपियाँको लागतमा निर्माण कार्य जारी रहेको छ । यी दुई स्थानका शौचालय निर्माण कार्य करिब ८० प्रतिशत सम्पन्न भएको समितिले जनाएको छ ।

यस्तै पुराना शौचालयको समेत पुनर्निर्माण तथा व्यवस्थापन गरिएको छ । समितिका अनुसार करिब ६ लाख रुपियाँको लागतमा पुराना शौचालयको मर्मत गरिएको छ। फुटेका ढोका, उप्केको स्थल तथा चुकुल मर्मतलगायतको काम गरिएको छ । निर्माण कार्य सम्पन्न गरेपछि शौचालयको नियमित सरसफाइमा कर्मचारीको समेत व्यवस्था गरिने कार्यकारी निर्देशक हाङबाङको भनाइ छ ।

शौचालयमा तत्कालका लागि फाइबर ट्रष्टमार्फत पानी सङ्कलन गरी ड्रममा जम्मा गर्ने गरिएको कार्य जारी रहेको छ । फाइबर ट्रष्टमा जमेको हिउँ लगायतको पानी जस्ताको पाताबाट बनाइएको मगरामार्फत संकलन गरी ड्रममा जम्मा गर्ने व्यवस्थापन गरिएको समितिका पदाधिकारीको भनाइ छ । सो कार्यका लागि २० लाख रुपियाँ खर्चिएको कार्यकारी निर्देशक हाङबाङले जानकारी दिनुभयो ।

हरेक स्थानका लागि एक एक हजार लिटर क्षमताका चार चार वटा ड्रम राखेर नियमित पानीको व्यवस्थापन गर्ने योजना समितिको रहेको छ । पानीको दीर्घकालीन समस्या समाधानका लागि थप अध्ययन सुरु भएको हाङबाङले बताउनुभयो । उहाँका अनुसार आगामी आर्थिक वर्षबाट काम सुरु गर्ने तयारी रहेको छ ।

प्रकाशित मिति : 9:33 am

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले

ताप्लेजुङमा काँग्रेसबाट गजेन्द्र प्रसाद तुम्याहाङको उम्मेदवारी पक्का

रेडियो काबेलीताप्लेजुङ । आगामी फाल्गुन २१ गते हुने प्रतिनीधिसभा निर्वाचनका