वृद्धवृद्धाको हेरचाह र सामाजिक सहायतामा एआईको प्रयोग गर्दै चीन



एजेन्सी । चीनले वृद्धवृद्धाको हेरचाह र सामाजिक सहायतामा कृत्रिम बौद्धिकता अर्थात (एआई) र ठूलो (बिग) डाटाको प्रयोग गर्ने भएको छ । कम जन्मदर र घट्दो श्रमशक्तिसँग जुधिरहेका बेला चीनले नयाँ प्रविधिको व्यापक प्रयोग गर्ने तयारी गरेको हो ।

नागरिक मामिला मन्त्री लु झियानले सामाजिक सहायता, वृद्धवृद्धाको हेरचाह सेवा र अशक्तहरूका लागि सेवाहरूको क्षेत्रमा ठूलो (बिग) डाटा र एआईजस्ता नयाँ प्रविधिको प्रयोगलाई तीव्रता दिने बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सन् २०२४ मा चीनको जनसङ्ख्या लगातार तेस्रो वर्ष घटेको छ र त्यहाँ ६० वर्ष वा त्योभन्दा बढी उमेरका ३१ करोडभन्दा धेरै मानिस रहेका छन् ।

श्रमशक्ति खुम्चिँदै जाँदा भविष्यको आर्थिक वृद्धिका लागि प्रविधिको प्रयोग महत्त्वपूर्ण ठानिएको छ ।

प्रकाशित मिति : 6:32 pm

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले

ताप्लेजुङमा काँग्रेसबाट गजेन्द्र प्रसाद तुम्याहाङको उम्मेदवारी पक्का

रेडियो काबेलीताप्लेजुङ । आगामी फाल्गुन २१ गते हुने प्रतिनीधिसभा निर्वाचनका