वृद्धवृद्धाको हेरचाह र सामाजिक सहायतामा एआईको प्रयोग गर्दै चीन



एजेन्सी । चीनले वृद्धवृद्धाको हेरचाह र सामाजिक सहायतामा कृत्रिम बौद्धिकता अर्थात (एआई) र ठूलो (बिग) डाटाको प्रयोग गर्ने भएको छ । कम जन्मदर र घट्दो श्रमशक्तिसँग जुधिरहेका बेला चीनले नयाँ प्रविधिको व्यापक प्रयोग गर्ने तयारी गरेको हो ।

नागरिक मामिला मन्त्री लु झियानले सामाजिक सहायता, वृद्धवृद्धाको हेरचाह सेवा र अशक्तहरूका लागि सेवाहरूको क्षेत्रमा ठूलो (बिग) डाटा र एआईजस्ता नयाँ प्रविधिको प्रयोगलाई तीव्रता दिने बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सन् २०२४ मा चीनको जनसङ्ख्या लगातार तेस्रो वर्ष घटेको छ र त्यहाँ ६० वर्ष वा त्योभन्दा बढी उमेरका ३१ करोडभन्दा धेरै मानिस रहेका छन् ।

श्रमशक्ति खुम्चिँदै जाँदा भविष्यको आर्थिक वृद्धिका लागि प्रविधिको प्रयोग महत्त्वपूर्ण ठानिएको छ ।

प्रकाशित मिति : 6:32 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका