मेरिङदेनले मनायो अन्तर्राष्ट्रिय महिला दिवस 



ताप्लेजुङ । मेरिङदेन गाउँपालिकाले ११५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । गाउँपालिकाको महिला शाखाको आयोजनामा अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको हो । 

दिवसको अवसरमा म्युजिकल चियर, हाडि फोर प्रतियोगिता र कलर जम्प गेम जस्ता मनोरञ्जनात्मक खेलहरू सञ्चालन गरिएको मेरिङदेन गाउँपालिकाका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिनुभएको छ । उहाँका अनुसार कार्यक्रममा महिला तथा लैङ्गिक हिंसा सम्बन्धी सचेतनामूलक नाटक र विभिन्न जातिको भेषभुषा झल्काउने सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो ।

 महिला विकास शाखा प्रमुख भावना घर्तिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा गाउपालिका अध्यक्ष यूक हां विर हाँगाम (डम्बर) को उपस्थिति रहेको थियो । यस्तै अतिथिहरूमा मेरिङदेन गाउँपालिकाका सम्पूर्ण वडाध्यक्ष, जनप्रतिनिधि र अन्य सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

प्रकाशित मिति : 5:58 pm

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

समाजसेवी गुरुङ दम्पतीद्वारा एक लाख बढि रकम अक्षयकोषमा जम्मा

ताप्लेजुङ, चैत्र १ गते । समाजसेवी दम्पतीले विपन्न तथा असहाय

आठराई त्रिवेणीले अनुदानमा कृषि कार्यक्रम सञ्चालन गर्ने

ताप्लेजुङ, चैत २ गते । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले अनुदानमा

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ