मेरिङदेनले मनायो अन्तर्राष्ट्रिय महिला दिवस 



ताप्लेजुङ । मेरिङदेन गाउँपालिकाले ११५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । गाउँपालिकाको महिला शाखाको आयोजनामा अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको हो । 

दिवसको अवसरमा म्युजिकल चियर, हाडि फोर प्रतियोगिता र कलर जम्प गेम जस्ता मनोरञ्जनात्मक खेलहरू सञ्चालन गरिएको मेरिङदेन गाउँपालिकाका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिनुभएको छ । उहाँका अनुसार कार्यक्रममा महिला तथा लैङ्गिक हिंसा सम्बन्धी सचेतनामूलक नाटक र विभिन्न जातिको भेषभुषा झल्काउने सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो ।

 महिला विकास शाखा प्रमुख भावना घर्तिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा गाउपालिका अध्यक्ष यूक हां विर हाँगाम (डम्बर) को उपस्थिति रहेको थियो । यस्तै अतिथिहरूमा मेरिङदेन गाउँपालिकाका सम्पूर्ण वडाध्यक्ष, जनप्रतिनिधि र अन्य सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आईतवार १७:५८

पेट्रोलियम पदार्थको भाउ यथावत

ताप्लेजुङ, भदौ ३१ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ

खनाल, घिसिङ र अर्याल मन्त्री बन्दै

ताप्लेजुङ, भदौ ३० गते । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा

फुङ्लिङ नगरपालिकाद्वारा जेनजी आन्दोलनका नाममा गरिएको लुटपाटको सामान फिर्ता गर्न माग

सौगात विष्ट ताप्लेजुङ, भदौ २९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले

पर्यटकको रोजाइमा तिम्बुङ पोखरी

ताप्लेजुङ, भदौ २९ गते । ताप्लेजुङको तिम्बुङ पोखरी पर्यटकको रोजाइ

ताप्लेजुङमा हट्यो निषेधाज्ञा र कर्फ्यु

ताप्लेजुङ, भदौ २९ गते । ताप्लेजुङमा पछिल्लो चार दिनदेखि लगातार