सान्थाक्रामा मृत फेला परेका युवकलाई ट्रकले ठक्कर दिएको पुष्टि, चालक पक्राउ



ताप्लेजुङ। ताप्लेजुङको मेरिङदेन गाउँपालिका २ सान्थाक्रमा मृत फेला परेका युवकको मृत्यु ट्रकको ठक्करबाट भएको पुष्टि भएको छ । ठक्कर दिने ट्रक चालक सुन्दर हरैँचा नगरपालिका वडा नं. ५ मोरङ निवासी सन्जित कामी पक्राउ परेका छन् ।

गत फागुन २१ गते ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रा निबासी ४० वर्षीय हर्कबिर केदेम (दिपेश)लाई बिहान करिब ६ बजे सडकमै मृत अवस्थामा फेला पारिएको थियो । उहाँलाई मालबाहक गाडीले किचेको अनुमान गरिएको थियो ।

सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार केदेमको मृत्यु गत फागुन २० गते साँझ प्र.१-०२-००१ ख ९३३४ नम्बरको ट्रकले ठक्कर दिएका कारण भएको पुष्टि भएको हो । मृतक केदेम फेला परेको दिन देखि नै सो रुटमा आवतजावत भएका सवारी साधनहरूको चेकजाँच गरिएको प्रहरी निरीक्षक बस्नेतको भनाइ छ ।

सोही क्रममा शनिबार ट्रक चालक कामी पक्राउ परेका हुन् । चालक कामीलाई अहिले जिल्ला अदालत ताप्लेजुङबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

मृतक केदेमलाई टाउको र पेटको भाग छताछुल्ल अवस्थामा फेला पारिएको थियो ।

प्रकाशित मिति : 5:31 pm

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले

ताप्लेजुङमा काँग्रेसबाट गजेन्द्र प्रसाद तुम्याहाङको उम्मेदवारी पक्का

रेडियो काबेलीताप्लेजुङ । आगामी फाल्गुन २१ गते हुने प्रतिनीधिसभा निर्वाचनका