ताप्लेजुङमा मनाइयो अन्तर्राष्ट्रिय महिला दिवस



ताप्लेजुङ । ताप्लेजुङमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । फुङ्लिङ नगरपालिकाको आयोजनामा विविध कार्यक्रमका साथ एक सय १५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको हो ।

भनु जन माध्यमिक विद्यालयको खेलमैदान अम्बिटारमा सम्पन्न भएको कार्यक्रममा महिला फुटबल प्रतियोगिता, म्युजिकल चियर प्रतियोगिता साथै डोरी तान्ने प्रतियोगितालाई समावेश गरिएको थियो । म्युजिकल चियर प्रतियोगिता भने विषेश गरी ५० वर्ष माथिका अग्रजको हौसलाका लागि आयोजना गरिएको फुङ्लिङ नगरपालिकाका उपप्रमुख भिमा देवी ओझाले बनाउनुभयो ।

म्युजिकल प्रतियोगितामा १२ जना प्रतियोगीहरूको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता कविता भण्डारी हुनुभएको छ । उहाँले नगद एक हजार पाँच सय रुपियाँ प्राप्त गर्नु भएको छ । यस्तै शान्ति मादेन उपविजेता हुनुभएको छ । उहाँले नगद एक हजार रुपियाँ प्राप्त गर्नु भएको छ ।

महिला फुटबल प्रतियोगितामा फुङलिङ नगरपालिका बि प्रथम हुँदा फुङलिङ नगरपालिका ए दोस्रो भएको छ । प्रथम र दोस्रोले क्रमश १५ हजार र १० हजार रुपियाँ सहित प्रमाण पत्र प्राप्त गरेका छन् । यस्तै फुङलिङ नगरपालिकाका कर्मचारी र जनप्रतिनिधि बिचको मैत्रिपूर्ण फुटबल प्रतियोगिता भने बराबरी भएको छ । समय अभावका कारण खेल बराबरी मै समापन गरि पुरस्कार आधा आधार प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

डोरी तान्ने प्रतियोगितामा फुङ्लिङ नगरपालिका वडा नं. ८ प्रथम भएको छ भने फुङलिङ नगरपालिका वडा नं. ५ दोस्रो भएको छ । प्रथम र दोस्रोले क्रमश सात हजार र चार हजार रुपियाँ पुरस्कार सहित प्रमाण पत्र प्राप्त गरेका छन् । कार्यक्रम कोशी प्रदेशका सांसद तथा पूर्व मन्त्री तिलकुमार मेन्याङबोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा नृत्य पनि प्रस्तुत गरिएको थियो । सन् १९७५ देखि संयुक्त राष्ट्रसङ्घले नारी दिवस मनाउन थालेको हो । पहिलो नारी दिवसको नारा ‘विगतलाई उत्सवका रूपमा मनाउने र भविष्यको योजना बनाउने’ तय गरिएको थियो । सन् १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजारभन्दा बढी महिलाले दैनिक काम गर्ने समय घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र मतदानको अधिकार दिनुपर्ने माग राख्दै प्रदर्शन गरका थिए ।

त्यही प्रदर्शनपछि संसारभर नै महिला अधिकारको बारेमा चर्चा हुने थालेको बताइन्छ । महिला हक र अधिकारको माग सारेर महिलालले नै सङ्घर्ष शुरु गरेको दिनको स्मरणमा यो दिवस मनाइन्छ ।

प्रकाशित मिति : 9:57 pm

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

दोस्रो साङधुङगे माङ्गेना कप : आज चार खेल सम्पन्न 

ताप्लेजुङ, मंसिर १६ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई नेतालाई एमालेद्वारा निलम्बन

ताप्लेजुङ, मंसिर १६ गते । नेकपा एमालेले ताप्लेजुङका दुई नेतालाई

जिल्ला समन्वय समिति प्रमुख लामा एमालेमा प्रवेश

ताप्लेजुङ, मंसिर १६ गते । जिल्ला समन्वय समितिका प्रमुख छिरिङ

सेसेलुङ महिला गोल्डकप : सिदिङवालाई पराजित गर्दै मेरिङदेन सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ, मंसिर १६ गते । मेरिङदेन गाउँपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा