स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा मैवाखोला प्रथम



साहारा लिम्बू
ताप्लेजुङ, भदौ ७ गते ।
ताप्लेजुङको मैवाखोला गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा प्रथम भएको छ । जिल्लाको नौ पालिकामध्ये मैवाखोला गाउँपालिका प्रथम भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको अन्तिम नतिजा अनुसार मैवाखोला गाउँपालिकाले ७९.५० अंक प्राप्त गरेको छ । जिल्लाको एक मात्र नगरपालिका फुङ्लिङले ५९.७५ अंक प्राप्त गरेको छ ।

यस्तै, मेरिङ्देन गाउँपालिकाले ७८.५०, पाथीभरा यङ्वरक गाउँपालिकाले ७६.७५, मिक्वाखोला गाउँपालिकाले ७५.५०, सिरिजंगा गाउँपालिकाले ७१.२५, फक्ताङ्लुङ गाउँपालिकाले ६६.७५, आठराई त्रिवेणी गाउँपालिकाले ६३ र सिदिङ्वा गाउँपालिकाले ५३.७५ अंक प्राप्त गरेका छन् ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ ले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनका लागि विभिन्न विषयक्षेत्रहरु निर्धारण गरेको छ । प्रशासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजनामा व्यवस्थापन, वित्तीय र आर्थिक व्यवस्थापन, सेवा प्रवाह, सहकार्य र समन्वय, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण र वातावरण संरक्षण तथा विपद् व्यवस्थापनन गरी १० शीर्षकमा स्थानीय तहको स्वमूल्याङ्कन हुने गरेको छ ।

प्रकाशित मिति : 6:32 pm

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश