ताप्लेजुङमा सवारी कारबाहीबाट ४ लाख ७७ हजार बढि राजश्व सङ्कलन



ताप्लेजुङ । ताप्लेजुङमा सवारी साधन कारबाहीबाट ४ लाख ७७ हजार बढि राजश्व सङ्कलन भएको छ । चालु आर्थिक वर्षको माघ महिनासम्ममा ४ लाख ७७ हजार ५०० रुपियाँ राजश्व सङ्कलन भएको हो ।

छ सय ३४ वटा सवारी साधन कारबाहीमा पर्दा उक्त रकम बराबरको राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी सहायक निरीक्षक टङ्क प्रसाद दाहालले जानकारी दिनुभएको छ । उहाँका अनुसार चालु आर्थिक वर्षको माघ महिना सम्ममा सबैभन्दा धेरै दुई सय ५६ वटा मोटरसाइकल कारबाहीमा परेका छन् ।

यस्तै सबैभन्दा थोरै एक वटा माम बस कारबाहीमा परेको छ । यो सँगै १५ मालबाहक ट्रक, छ ट्रिपर, दुई सय ५० कार साथै जिप, ६२ ट्रयाक्टर, ३६ अटो र अन्य आठ गरी जम्मा छ सय ३८ सवारी साधन कारबाहीमा परेका हुन् ।

गत आर्थिक वर्षमा एक हजार ३०० सवारी साधन कारबाहीमा पर्दा सात लाख ४७ हजार रुपियाँ राजश्व सङ्कलन भएको थियो । आर्थिक वर्ष २०७/८० मा भने एक हजार ३१० सवारी साधन कारबाही पर्दा ८ लाख १९ हजार ५०० राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय ताप्लेजुङले जनाएको छ ।

घट्यो सवारी दुर्घटना र मृतक सङ्ख्या
चालु आर्थिक वर्षको सात महिना अर्थात माघ सम्ममा ७ सवारी साधन दुर्घटनामा परेका छन् । जिल्ला ट्राफिक कार्यालयका अनुसार गत आर्थिक वर्षमा १९ सवारी साधन दुर्घटनामा परेका थिए । आर्थिक वर्ष ७९/८० मा भने २० सवारी साधन दुर्घटनामा परेको ट्राफिक कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै सवारी साधन दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या पनि घट्दो अवस्था रहेको छ । चालु आर्थिक वर्षको माघ महिना सम्ममा ताप्लेजुङमा सवारी साधन दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा भने सवारी साधन दुर्घटनाबाट चार जनाको मृत्यु भएको थियो भने आर्थिक वर्ष ७९/८० मा सवारी दुर्घटनाबाट नौं जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय ताप्लेजुङको भनाई छ ।

साथै चालु आर्थिक वर्षको माघ महिना सम्ममा सवारी साधन दुर्घटनाबाट १० जना घाइते भएको छन् । गत आर्थिक वर्षमा सवारी दुर्घटनाबाट ३० जना घाइते भएका थिए भने आर्थिक वर्ष ७९/८० मा सवारी दुर्घटनाबाट २३ जना घाइते भएका थिए ।

प्रकाशित मिति : 6:56 am

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले

ताप्लेजुङमा काँग्रेसबाट गजेन्द्र प्रसाद तुम्याहाङको उम्मेदवारी पक्का

रेडियो काबेलीताप्लेजुङ । आगामी फाल्गुन २१ गते हुने प्रतिनीधिसभा निर्वाचनका