फुरुम्बुमा ५ दिने भाषण तथा उद्‍घोषण कला तालिम सम्पन्न



ताप्लेजुङ । ताप्लेजुङको फुरुम्बुमा ५ दिने भाषण तथा उद्‍घोषण कला तालिम सम्पन्न भएको छ । फुङलिङ नगरपालिका १० फुरुम्बुमा फागुन १९ गतेदेखि सुरु भएको तालिम आज सम्पन्न भएको हो ।

समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति उपप्रमुख कृष्णप्रसाद लिङ्खिमले सिकेको सीपलाई भरपुर उपयोग गर्न सहभागीलाई आग्रह गर्नुभयो । फुङलिङ नगरपालिका १० का वडाध्यक्ष सन्तोष लिम्बूले महिला सशक्तिकरण तथा क्षमता विकासका लागि तालिम आयोजना गरेको बताउँदै प्राप्त सीपको उच्चतम् उपयोगमा तालिममा सहभागीले उचित ध्यान दिने बताउनुभयो ।

कार्यक्रममा वडा सदस्य प्रेमबहादुर लिम्बु, वडा सचिव सचिन रेग्मी सहितले सिकेको सीपलाई व्यवहारमा उतार्न सबैलाई आग्रह गर्नुभयो । तालिमका प्रशिक्षक तथा पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारीले तालिमबाट प्राप्त सीपलाई नियमित प्रयोग गरिरहने हो भने यसले दैनिक जीवनमा ठूलो सघाउ पुऱ्याउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा तालिमका सहभागीको तर्फबाट रुपा लिङ्देन, रुपमति लिम्बू, सूर्यकुमारी भट्टराई, सरगम लिम्बू, निर्मला निरौला, प्रतिभा लिम्बू र बिमला राईले आफ्नो कुरा राख्दै प्राप्त सीपको उपयोगमा ध्यान दिने भन्दै यस्ता सशक्तिकरणका अरु कार्यक्रमको पनि आवश्यकता औँल्याउनु भयो ।

तालिममा वडाका बिभिन्न टोलका २९ जनाको सहभागिता रहेको वडा कार्यालयले जनाएको छ । कार्यक्रम वडाध्यक्ष लिम्बूको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : 9:36 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका