फुरुम्बुमा ५ दिने भाषण तथा उद्‍घोषण कला तालिम सम्पन्न



ताप्लेजुङ । ताप्लेजुङको फुरुम्बुमा ५ दिने भाषण तथा उद्‍घोषण कला तालिम सम्पन्न भएको छ । फुङलिङ नगरपालिका १० फुरुम्बुमा फागुन १९ गतेदेखि सुरु भएको तालिम आज सम्पन्न भएको हो ।

समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति उपप्रमुख कृष्णप्रसाद लिङ्खिमले सिकेको सीपलाई भरपुर उपयोग गर्न सहभागीलाई आग्रह गर्नुभयो । फुङलिङ नगरपालिका १० का वडाध्यक्ष सन्तोष लिम्बूले महिला सशक्तिकरण तथा क्षमता विकासका लागि तालिम आयोजना गरेको बताउँदै प्राप्त सीपको उच्चतम् उपयोगमा तालिममा सहभागीले उचित ध्यान दिने बताउनुभयो ।

कार्यक्रममा वडा सदस्य प्रेमबहादुर लिम्बु, वडा सचिव सचिन रेग्मी सहितले सिकेको सीपलाई व्यवहारमा उतार्न सबैलाई आग्रह गर्नुभयो । तालिमका प्रशिक्षक तथा पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारीले तालिमबाट प्राप्त सीपलाई नियमित प्रयोग गरिरहने हो भने यसले दैनिक जीवनमा ठूलो सघाउ पुऱ्याउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा तालिमका सहभागीको तर्फबाट रुपा लिङ्देन, रुपमति लिम्बू, सूर्यकुमारी भट्टराई, सरगम लिम्बू, निर्मला निरौला, प्रतिभा लिम्बू र बिमला राईले आफ्नो कुरा राख्दै प्राप्त सीपको उपयोगमा ध्यान दिने भन्दै यस्ता सशक्तिकरणका अरु कार्यक्रमको पनि आवश्यकता औँल्याउनु भयो ।

तालिममा वडाका बिभिन्न टोलका २९ जनाको सहभागिता रहेको वडा कार्यालयले जनाएको छ । कार्यक्रम वडाध्यक्ष लिम्बूको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : 9:36 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा