लालीगुराँस सेवा समाजद्धरा विद्यालय सहित पाँच संस्थालाई सहयोग



ताप्लेजुङ। लालीगुराँस सेवा समाज परिवारले पाँच वटा संस्थालाई दुई लाख ५० हजार मूल्य बराबरको सहयोग प्रदान गरेको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं. ६ लेलेपको लुङथुङमा अवस्थित उक्त समाजले चार विद्यालय सहित पाँच वटा संस्थालाई सहयोग प्रदान गरेको हो ।

लालीगुराँस सेवा समाज परिवारले फक्ताङलुङ गाउँपालिका वडा नं. ६ लेलेपको सरस्वती च्यारिवुक माध्यमिक विद्यालयका एक सय ३० जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको स्थानीय तेन्जिङ शेर्पा वालुङले जानकारी दिनुभयो । उहाँका अनुसार सोही विद्यालयलाई चार थान भलिबल, भलिबल नेट दुई थान, फुट पम्प, ग्लोब एक थान र २० वटा कुर्सी प्रदान गरिएको छ ।

साथै उपस्थित सबैलाई खाजा र चियाको प्रबन्ध समेत गरिएको वालुङले बताउनुभयो । पार्वती माध्यमिक विद्यालय तापेथोकका एक सय ६८ विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । उक्त विद्यालयलाई पनि भलिबल, नेट, फुट पम्प, ग्लोब र २० थान कुर्सी प्रदान गरिएको छ ।

फक्ताङलुङ ६ मा रहेको लुङथुङ आधारभूत विद्यालयलाई एक थान ग्लोब तथा वडा नं. ५ स्थित पाथीभरा आधारभूत विद्यालयका १५ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । फक्ताङलुङ गाउँपालिका वडा नं ६ लुङथुङ बप्तिस मण्डलीलाई १० थान कुर्सी प्रदान गरिएको लालीगुराँस सेवा समाज परिवारले जनाएको छ ।

प्रकाशित मिति : 9:46 pm

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले

ताप्लेजुङमा काँग्रेसबाट गजेन्द्र प्रसाद तुम्याहाङको उम्मेदवारी पक्का

रेडियो काबेलीताप्लेजुङ । आगामी फाल्गुन २१ गते हुने प्रतिनीधिसभा निर्वाचनका