लालीगुराँस सेवा समाजद्धरा विद्यालय सहित पाँच संस्थालाई सहयोग



ताप्लेजुङ। लालीगुराँस सेवा समाज परिवारले पाँच वटा संस्थालाई दुई लाख ५० हजार मूल्य बराबरको सहयोग प्रदान गरेको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं. ६ लेलेपको लुङथुङमा अवस्थित उक्त समाजले चार विद्यालय सहित पाँच वटा संस्थालाई सहयोग प्रदान गरेको हो ।

लालीगुराँस सेवा समाज परिवारले फक्ताङलुङ गाउँपालिका वडा नं. ६ लेलेपको सरस्वती च्यारिवुक माध्यमिक विद्यालयका एक सय ३० जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको स्थानीय तेन्जिङ शेर्पा वालुङले जानकारी दिनुभयो । उहाँका अनुसार सोही विद्यालयलाई चार थान भलिबल, भलिबल नेट दुई थान, फुट पम्प, ग्लोब एक थान र २० वटा कुर्सी प्रदान गरिएको छ ।

साथै उपस्थित सबैलाई खाजा र चियाको प्रबन्ध समेत गरिएको वालुङले बताउनुभयो । पार्वती माध्यमिक विद्यालय तापेथोकका एक सय ६८ विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । उक्त विद्यालयलाई पनि भलिबल, नेट, फुट पम्प, ग्लोब र २० थान कुर्सी प्रदान गरिएको छ ।

फक्ताङलुङ ६ मा रहेको लुङथुङ आधारभूत विद्यालयलाई एक थान ग्लोब तथा वडा नं. ५ स्थित पाथीभरा आधारभूत विद्यालयका १५ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । फक्ताङलुङ गाउँपालिका वडा नं ६ लुङथुङ बप्तिस मण्डलीलाई १० थान कुर्सी प्रदान गरिएको लालीगुराँस सेवा समाज परिवारले जनाएको छ ।

प्रकाशित मिति : 9:46 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी