फागुन २५ देखि दोश्रो आमन्त्रित माछापोखरी हिटी गोल्ड कप सञ्चालन हुँदै 



ताप्लेजुङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा दोश्रो आमन्त्रित माछापोखरी हिटी गोल्ड कप सञ्चालन हुने भएको छ । फागु पूर्णिमा (होलि) पर्वको अवसरमा चाँगे माछा पोखरी हिटी क्लबले आगामी फागुन २५ गतेदेखि उक्त प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।

बुधबार सदरमुकाम फुङलिङमा पत्रकार सम्मेलनको आयोजना गर्दै गोल्ड कप तथा वृहत सांस्कृतिक कार्यक्रम सञ्चालन गर्नेबारे जानकारी गराइएको छ । प्रतियोगितामा ताप्लेजुङका दुई सहित ८ ओटा टिमले प्रतिष्पर्धा गर्ने पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी गराएको छ ।

आयोजकका अनुसार प्रतियोगिताको पहिलो खेलमा आयोजक माछा पोखरी हिटी क्लब र मरिक फुटबल क्लब धरान बीच प्रतिष्पर्धा हुने छ । त्यस्तै दोश्रो खेलमा लालीमा क्लब ताप्लेजुङ र सङ्खुवासभा जिल्ला फुटबल सङ्घ, तेश्रो खेलमा सम्दु एफसी तेह्रथुम र वाइ वाइ पाँचथर तथा क्वाटर फाइनलको अन्तिम खेलमा डाँडा बजार फुटबल क्लब धनकुटा र न्यु स्टार क्लब झापाबीच प्रतिष्पर्धा हुने खेल तालिकामा उल्लेख गरिएको छ ।

चाँगे माछा पोखरी हिटी क्लबको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगिताको मुख्य प्रायोजक आठराई त्रिवेणी गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ चाँगे रहेको छ । यस्तै प्रायोजकहरूमा मैवाखोला गाउँपालिका, मिक्वाखोला गाउँपालिका, मेरिङदेन गाउँपालिका, फक्ताङलुङ गाउँपालिका, पाथिभरा क्षेत्र विकास समिति र चाँगे समाज हङकङ रहेको छ । प्रतियोगिताको विजेताले नगद ३ लाख रुपियाँ र उपविजेताले १ लाख ६० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । 

प्रतियोगिताको अन्तिम दिन राष्ट्रिय कलाकार मेचु धिमाल, विकास तुम्बापो, नोगेन लिम्बू साथै स्थानीय कलाकारहरूको साथमा वृहत सांस्कृतिक कार्यक्रम समेत हुने छ । प्रतियोगितालाई सफल पार्न करिब २२ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको आयोजकको भनाई छ । 

प्रकाशित मिति : 9:41 pm

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

समाजसेवी गुरुङ दम्पतीद्वारा एक लाख बढि रकम अक्षयकोषमा जम्मा

ताप्लेजुङ, चैत्र १ गते । समाजसेवी दम्पतीले विपन्न तथा असहाय

आठराई त्रिवेणीले अनुदानमा कृषि कार्यक्रम सञ्चालन गर्ने

ताप्लेजुङ, चैत २ गते । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले अनुदानमा

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ